२१ सहकारीले पाए 'प्रोवेसन ब्रान्ड'

२१ सहकारीले पाए 'प्रोवेसन ब्रान्ड'

काठमाडौं : नेपालका २१ सहकारीले पूर्ण तथा व्यावसायिक साकोस विकास कार्यक्रम (प्रोवेसन) ब्रान्ड प्राप्त गरेका छन्।  नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कुन) ले बिहीबार प्रकाशित गरेको आव २०७४÷०७५ को अन्तिम परीक्षणको नतिजाअनुसार देशभरका २१ संस्थाले प्रोवेसन ब्रान्ड पाएका हुन्। प्रोवेसन ब्रान्ड गत वर्ष १४ वटा संस्थाले पाएका थिए। 

नेफ्स्कुनले सहकारी विभागको सहकार्यमा सदस्य साकोसको दीगो विकास, व्यावसायिकरण र गुणस्तर सुनिश्चितताका लागि नेपालस्तरको पूर्ण तथा व्यवसायिक साकोस विकास कार्यक्रम (प्रोवेसन) गर्दै आएको छ। 

नेफ्स्कुन वरिष्ठ उपाध्यक्ष परितोष पौड्यालका अनुसार यस वर्ष प्रोवेसनमा अन्तिम परीक्षण गराउने ३१ बचत तथा ऋण सहकारी संस्थामध्ये २१ वटा सहकारी संस्थाले प्रोवेसन ब्राण्ड प्राप्त गरेको जानकारी दिए। 'ती सहकारीले एक वर्षका लागि मात्र ब्रान्ड पाउँछन्, अर्को वर्ष ब्रान्ड पाउने इच्छा भए फेरि सहभागी हुनुपर्छ', उनले भने।

विगतमा ब्रान्ड पाएका केही संस्थाले अहिले ब्रान्ड पाउन सकेका छैनन्।ब्रान्ड पाएका सहकारीले नेफ्स्कुनको पुस ५ र ६ गते हुने २७ औं साधारणसभामा प्रमाणपत्र पाउने छन्। 

प्रोवेसन ब्रान्ड पाउनेमा सबभन्दा धेरै नवलपरासीका सहकारी छन्। नवलपरासीका पाँचवटा संस्थाले ब्रान्ड पाएका हुन्। दोस्रोमा मकवानपुरका चारवटा संस्थाले प्रोवेसन ब्रान्ड पाएका छन्। 

नवलपरासीका ग्रामीण साकोस, नवप्रगती साकोस, सयपत्री साकोस, लुम्बिनी साकोस, परोपकार साकोसले प्रोबेसन ब्रान्ड पाएका छन्। मकवानपुरका महिला अभियान साकोस,  महिला जनचेतना साकोस, महिला जागरण साकोस, महिला मिलन साकोसले प्रोवेसन ब्रान्ड पाएका छन्। 

रुपन्देहीका जनउत्थान साकोस र कोलिया साकोस, चितवनको प्रभात दिदी-बहिनी साकोस र  चित्रवन साकोसले प्रोवेसन ब्रान्ड प्राप्त गरेका छन्। सल्यानको ग्रामीण साकोस, रौटहटको नव विकास साकोस, दोलखाको शिक्षक कल्याण साकोस, बर्दियाको सिको साकोस, कपिलपस्तुको सिनर्जी साकोस, मोरङको सुन्दरपुर साकोस, धादिङको श्रोत परिचालन साकोस र दाङको हरियाली साकोसले प्रोवेसन ब्रान्ड पाएका हुन्।

के हो प्रोवेसन ब्रान्ड ?
साकोसको संख्यात्मक वृद्धिसँगै गुणात्मक विकास गर्ने उद्देश्यकासाथ पूर्ण तथा व्यावसायिक साकोस विकास कार्यक्रम (प्रोवेसन) स कार्यक्रम ल्याइएको हो। यस कार्यक्रममा सफलता प्राप्त गर्ने साकोसको गुणस्तरको प्रमाणीकरण सहकारी विभाग र नेफ्स्कुनमार्फत संयुक्त रूपमा गरिन्छ। 

यसले साकोसको वित्तीय अवस्था मापन एवं सुनिश्चितताको लागि विशेषतः दुईवटा क्षेत्र र सोको परीक्षणको लागि दुईवटा औजारको पल्र्स र हिमालको प्रयोग हुन्छ। वित्तीय क्षेत्रको विश्लेषण एवं मापनको लागि पल्र्स प्रणालीको प्रयोग गरिन्छ भने व्यवस्थापकीय क्षेत्रको मापनको लागि हिमाल विश्लेषण प्रणालीको प्रयोग गरिन्छ। 

जसमा पल्र्सका हाल स्थापित ४६ वटा सूचकमध्ये आधारभूत एवं महत्वपूर्ण १५ वटा र हिमालका ४० वटा सूचकहरूको मापन र सुधारका प्रयासहरू गरिन्छ। यस कार्यक्रमको अवधि सुरुमा १८ महिना र त्यसपछि संस्थाको आवश्यकता र क्षमताको आधारमा निरन्तर गरिने प्रावधान छ।

प्रोवेसनमा सहभागी हुन के गर्नुपर्छ ?
प्रोवेसन ब्रान्डका लागि नेफ्स्कुनले निश्चित मापदण्ड बनाएको छ। यस ब्रान्डमा सहभागी हुन सहकारीको कुल सम्पत्ति तीन करोडभन्दा बढी कारोबार भएको हुनुपर्छ।

त्यस्तै संस्थामा कम्तीमा तीन जना कर्मचारी भएको र तीन वर्षदेखि सञ्चालनमा रहेको हुनुपर्ने प्रावधान छ। नेफ्स्कुनले कम्तीमा पाँच सय सदस्य पुगेको हुनुपर्ने प्रावधान राखे पनि सदस्यमा लचिलो देखाएको छ। सदस्यता विस्तारमा प्रतिबद्वता जनाए पाँच सयभन्दा कम सदस्य भएकाले पनि प्रोवेसनमा सहभागी हुन पाउँछन्।

मापदण्ड पूरा भएपछि संस्थासँग १८ महिनाका लागि सम्झौता हुन्छ। शुल्क संस्थाको क्षमताको आधारमा तय गरिन्छ। पाँच करोडसम्मको संस्थाले १८ महिनाका लागि ७५ हजार तिर्नुपर्छ। १० करोडसम्मको कारोबार गर्ने संस्थाले १ लाख र १० करोडभन्दा माथिको कारोबार गर्ने संस्थाले १ लाख २५ हजार शुल्क तिर्नुपर्छ। प्राविधिक सहयोगका लागि संस्थाले १८ महिनापछि वार्षिक ५० हजार शुल्क बुझाउनुपर्छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.