विद्युतीकरणबाट डिजेल, पेट्रोल र ग्यास आयात प्रतिस्थापन गर्छाैं : मन्त्री पुन

विद्युतीकरणबाट डिजेल, पेट्रोल र ग्यास आयात प्रतिस्थापन गर्छाैं : मन्त्री पुन

वीरगञ्ज : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन ‘अनन्त’ले विद्युतीकरणबाट डिजेल, पेट्रोल र ग्यास आयात प्रतिस्थापन गरिने बताएका छन्। वीरगञ्जमा बिहीबार आयोजित नारायण सिँचाइ आयोजना सम्बन्धी कार्यक्रममा बोल्दै मन्त्री पुनले विद्युतीय सवारीसाधन र विद्युतीय चुह्लोको विस्तारबाट आयात प्रतिस्थापन गरिने बताए ।

‘हाल २ खर्ब जति डिजेल र पेट्रोल आयात गरेर गाडी सञ्चालन गरेका छौं । त्यसलाई विद्युतीय गाडीले प्रतिस्थापन गर्छाैँ,’ कार्यक्रममा मन्त्री पुनले भने, ‘४० अर्ब बराबरको ग्याँस ल्याएर खाना पकाएका छौं, त्यसलाई विद्युतीय चुह्लो प्रयोग गरेर प्रतिस्थापन गर्छाैँ । विद्युतको प्रयोगबाट ग्यास, डिजेल आयात प्रतिस्थापन गर्छाैँ ।’
उनले देश अब विकासको बहसमा केन्द्रित भएको बताऐ । ‘विगतमा आन्दोलनका लागि अन्तक्र्रिया र जमघट हुन्थ्यो । अब विकास, समृद्धि, घरघरमा रोजगारीका लागि हामी बहस गरिरहेका छौं । सिँचाइको बहस भएपछि यो समृद्धिको बहस हो ।’नेपाली ५० लाख युवा विदेशमा रोजगारीमा रहेको बताउँदै मन्त्री पुनले स्वदेशमा रोजगारी सिर्जना गरेर युवालाई स्वदेश फर्काइने बताए । ‘दुःख गरेर हुर्काउने, पढाउने र तयारी अवस्थाको जनशक्ति सस्तोमा विदेशीले प्रयोग गरिरहेका छन्,’ उनले भने, ‘अब देशभित्र नै समृद्धि, औद्योगीकरण, रोजगारी सिर्जना गर्ने बाटोमा लागेका छौं । आज हामीलाई विकास र समृद्धिको बहस जरुरी छ ।’

दीगो विकास लक्ष्य पूरा गर्न आगामी सन् २०३० सम्म सबै नेपालीलाई आधुनिक, विद्युतीय उर्जाको पहुँचमा पुर्याउनुपर्ने भए पनि आगामी ३ वर्षमै विद्युत् विस्तार हुने गरी काम भइरहेको मन्त्री पुनले बताए।  विद्युत्को पहुँच विस्तारका लागि विभिन्न तहका सरकारले एउटै प्रतिवद्धताका साथ काम गर्नुपर्ने उनको भनाई थियो । 

‘हामी केही वर्षमा दोहोरो अंकको आर्थिक वृद्धिमा जान्छौं । यो दशकमा ९–१० प्रतिशतको हाराहारीमा आर्थिक वृद्धि हुनेछ । त्यसका लागि विद्युत् र सिँचाइको लक्ष्य निर्धारण गरेर योगदान गर्छाँै,’ उनले भने, ‘आगामी १० वर्षमा कम्तिमा १० हजार मेगावाट हामीलाई चाहिने विद्युत्को बजार बनाउँछौं । औद्योगीकरण गर्छाैँ ।’

वर्षभर सिँचाइ योग्य संरचना निर्माण गरेर कृषिको उत्पादकत्व बढाइने मन्त्री पुनले बताए । ‘अब संघले ठूला आयोजना गर्छ । प्रदेशले मझौला सिँचाइ र स्थानीय सरकारले साना आयोजना गर्छ,’ उनले भने, ‘कृषिमा दुईतिहाई जनता आवद्ध छन् । सबैलाई सिँचाइको पहुँचमा पु¥याउनुको अर्थ दुईतिहाई जनतालाई फाइदा पुर्याउनु हो ।’ 

‘एक प्रदेश एक ऊर्जा मेगा आयोजना र एक प्रदेश बहुउद्देश्यीय सिँचाइ आयोजना निर्माण अगाडि बढाउन काम गरिरहेका छौं । बाह्रै महिना सिँचाइ योग्य क्षेत्रमा सुविधा पुर्याउन खोजेका छौं,’ उनले भने । सिँचाइ सुविधा विस्तार गरेर उत्पादकत्व बढाइने मन्त्री पुनको भनाई थियो । ‘तरकारी, माछा आयात गरिरहेका छौं, सिँचाइ सुविधा दिएर त्यसलाई विस्थापित गर्छाैँ । तरकारी, धान बाली उत्पादन गर्छाैँ । बजारीकरण हुन्छ, आधुनिक उत्पादन हुन्छ । यान्त्रीकरण पनि हुन्छ,’ उनले भने, ‘पचासौं लाख युवालाई देशभित्र ल्याउँछौं । युवालाई स्वरोजगार बनाउँछौं । गाउँमै परिवारसँग बसेर लाखौं कमाउन सक्ने र सम्मानित जीवन बिताउन सक्ने बनाउँछौं ।’
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.