आँचलको कमेडी फिल्म मोह

आँचलको कमेडी फिल्म मोह

नायिका आँचल शर्मा डेब्यु ‘फिल्म नाइँ नभन्नु ल ४’ बाट झुल्किएकी हुन्। पहिलो फिल्मबाटै उनले नेपाली दर्शकको धेरै माया पाइन्। उनी अभिनीत अर्को कमेडी फिल्म ‘शत्रुगते’ पनि ब्लकबस्टर्ड साबित भयो। तर नेपाली फिल्मका अन्य नायिकाहरूसँगको क्याट फाइटले उनी बेलाबेला विवादमा तानिन्छिन्। दर्शकले उनलाई नायक पल शाहसँग जोडेर आँप जोडी भन्छन्। यसले पनि उनको चर्चा मिडियामा भइरहन्छ। नायिका शर्मासँग सपना महर्जनले गरेको कुराकानीः


आजभोलि केमा व्यस्त ?

म्युजिक भिडियोहरू त थुप्रै छन्। नयाँ कमेडी फिल्म ‘दाल भात तरकारी’मा व्यस्त हुँदैछु।

कमेडी फिल्म नै किन ?

मलाई कमेडी एकदम मन पर्छ। कत्तिले त मलाई कमेडियन नै भन्छन्। सबैको कुरा सुन्दा म पनि राम्रो कमेडी गर्न सक्छु जस्तो लाग्छ। त्यसो भए हँसाउने काम निकै गरिन्छ। अँ, कहिलेकाहीँ क्यारिकेचर गर्न खोज्छु। कुनैकुनै कुरामा म अलि ह्युमरस छु जस्तो लाग्छ। मैले केही बोल्यो कि सुन्नेहरू हाँस्छन्।

तपाईंलाई प्रायः सिम्पल देखिन्छ नि ?

म प्राय महँगो सामान किन्दिनँ। पैसा खर्च गर्नेभन्दा पनि सेभिङ गर्न मन पर्छ। ब्रान्डेड सामान नै प्रयोग गर्नुपर्छ भन्ने पनि लाग्दैन। लुगा पनि आफूलाई कम्फर्ट हुने लाउँछु।

नायक पल शाहसँग तपाईंको नाम सधैं जोडिन्छ नि ?

हामी जहाँ जाँदा पनि दर्शकले फिल्ममा सँगै हुनुपर्छ भन्ने डिमान्ड गर्छन्। यो भनेको उहाँहरूले हामीलाई दिएको माया नै हो। राम्रै लाग्छ।

कस्तो फिल्ममा अभिनय गर्न अझै पाइएको छैन ?

महिलाप्रधान फिल्म खेल्न मन छ। नेपालमा महिलासम्बन्धी थुपै्र कथा छन्। त्यो कथावस्तुलाई उठाउनुपर्छ। फिल्ममा हिरोइनवाला क्यारेक्टर त्यत्ति मन पर्दैन। वास्तविक कथावस्तुमा फिल्म खेल्ने मन छ।

तपाईंको लक्ष्य नायिका नै बन्ने थियो ?

नायिका त अडिसन दिनेबित्तिकै अचानक भएँ। वास्तवमा म वकिल बन्न चाहन्थेँ। अझै पनि त्यो सपना कायम छ। मास्टर भर्खर सकाइयो। अहिले वकिल बन्ने सपनाका साथै सामाजिक कार्यलाई प्राथमिकता दिइरहेको छु।

नेपाली फिल्म उद्योगमा पनि मिटको चर्चा हुन थालेको छ। यसलाई कसरी हेर्नु भएको छ ?

आफूमाथि भएको शोषणलाई खुलेर अगाडि ल्याउनुपर्छ। तर सामाजिक सञ्जालमा आधा अधुरा कुरा लेखेको चित्त बुझेको छैन। दुव्र्यवहार गर्नेको नाम तोक्न सक्नुपर्छ।

नेपाली फिल्म उद्योगमा हालका अन्य नायिकाहरूको काम कस्तो लाग्छ ?

सबैले आफ्नो तर्फबाट राम्रो गर्दै छन्। नेपाली फिल्म उद्योगलाई एउटा परिवारको रूपमा हेर्नुपर्छ। मिडियामा कन्ट्रोभर्सी जति आए पनि आपसमा हामीले मनमुटाव राख्नु हुन्न। एक अर्कालाई हेप्ने, होच्याउने प्रवृत्ति छोड्नु पर्छ।

नायिकानायिका बीचको क्याटफाइट मिडियामा धेरै नै आउँछ नि ?

खै क्याटफाइट गर्न नचाहँदानचाहँदै मिडियामा आइदिन्छ भन्या। नायिकाहरू एकअर्कासँग रिसाएका खबरहरू आउँछन्। तर व्यक्तिगत रूपमा म त्यस्तो रिसइबी राख्दिनँ। म कुनै नायिकालाई व्यक्तिगत रूपमा चिन्दिनँ। त्यसैले मलाई यो कुरा लागू हुँदैन।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.