हिमालबाट रिटायर्ड रित्ता गाइड

हिमालबाट रिटायर्ड रित्ता गाइड

मैले प्रयोग गरेका हिमालका सामग्रीहरू पनि अब पुराना भए, लिलाम गर्दासमेत खासै मोल आउँदैन। हिमाललाई नै सारा जीवन दिए तर मेरो उमेर हद पुगेपछि रित्तो हात घर फर्किए।

यो दुःखेसो ६५ वर्ष उमेरसम्म हिमालमा पथप्रदर्शकको काम गरेर रिटायर्ड भएका गाइड लाक्पानुर्बु शेर्पाका हो। सोलुखुम्बुको खुम्बु पासाङ ल्हामु गाउँपालिका पाङबोचेमा जन्मिएका शेर्पाले दुई वर्षयता हिमाल आरोहण गराउने काम छाडेका छन्।

३,९०० मिटरमा अवस्थित पाङबोचे गाउँमा जन्मिएर हुर्किएका उनलाई हिमाल आरोहणमा जानु कुनै समस्या थिएन। तर ६५ वर्ष उमेरसम्म मात्र कम्पनीहरूले बिमा गर्छन्। पर्यटन विभागले बिमाबिना हिमाल आरोहणको अनुमति दिँदैन, त्यसैले बिमा समस्याले उनले हिमाल आरोहण स्थगित नै गर्नुपर्‍यो। अझै पनि शारीरिक रूपमा हिमालमा पुग्न सक्ने भए पनि उनले कानुनी रूपमा बाधा भएपछि काठमाडौंमै रहेर दिन कटाउने गरेका छन्।

२०३१ सालदेखि पर्वतारोहण क्षेत्रमा गाइड गर्दै आएका उनी नेपालबाट पहिलो अन्तर्राष्ट्रिय पर्वतारोहण पथप्रदर्शक हुन्। अन्तर्राष्ट्रिय जगत्मै पर्वतीय क्षेत्रमा काम गर्न सक्ने भन्दै उनलाई प्रमाणपत्रसमेत दिइएको छ। तर यो प्रमाणपत्र अब काम नलाग्ने भएको छ।

‘बुढेसकालमा हात लागि शून्य पो भयो,’ उनले दुःखेसो पोखे। हिमालमा गाइड गरेर राज्यलाई अर्बौं राजस्व जम्मा गर्न सहयोग गरे पनि सरकारले उनी जस्ता गाइडलाई केही सहयोग गरेन। आफ्नो अवस्था देखेर युवा गाइडहरू पनि बिदेसिने गरेको भन्दै रिटायर्ड जीवनलाई सुरक्षित गराउन सरकारले चासो दिनुपर्ने उनको माग छ।

लाक्पा नुर्बु १९७५ हिमालचुली साउथ रिच (७,८०० मिटर) हिमालको पहिलो पटक आरोहण गर्ने व्यक्ति हुन्। उनले याला पिक (५,५०० मिटर) आरोहण गरेपछि कानुनले हिमाल आरोहण गर्न बन्द गरिएको छ। नुर्बुले धौलागिरी साउथपिलर सन् १९७९ मा आरोहण गरेका हुन्। त्यो समय शेर्पा सरदारको भूमिकामा उनले विदेशीलाई चुचुरो पु¥याएरै छाडे।

सन् १९८८ मा फ्रान्सबाट प्राविधिक प्रशिक्षकमा डिप्लोमा गरेपछि उनी नेपालकै पहिलो तालिम प्राप्त गाइड भएका हुन्। सन् १९९१ देखि पर्वतारोहण पथप्रदर्शकहरूलाई तालिम दिँदै आएका उनी हाल पनि नयाँ आगन्तुक गाइडलाई अभिभावकत्वको भूमिकामा सुझावसल्लाहसहितको तालिम दिँदै आएका छन्।

नुर्बुले तालिम दिएका प्रायः व्यक्ति विश्वविख्यात आरोही बनेका छन्। तर नुर्बु भने अवकाश प्राप्त जीवन कसरी बिताउने भन्ने चिन्तामा छन्।

नुर्बुसँगै पदमबहादुर घले र आङनुरु शेर्पा पहिलो अन्तर्राष्ट्रिय पर्वतारोहण पथप्रदर्शक हुन्। हिमाल रहेका २६ देशका दक्ष पथप्रदर्शकहरूको सहभागितामा स्थापना भएको अन्तर्राष्ट्रिय पर्वतारोहण पथप्रदर्शक संघले स्की तालिम अनिवार्य भनेपछि नेपालले प्रमाणपत्र पाएन।

पछि नेपालमा स्की सम्भावना कम भएको भनेर प्रमाणपत्र दिने आधार बनाएर पहिलो पटक २०६९ सालमा ४८ वर्षपछि प्रमाणपत्र दिइयो। जबकि त्यस अघि पनि नेपालमा दक्ष गाइडहरू थिए तर विदेशीले आफ्नो मापदण्ड मान्नुपर्ने भनेपछि गाइड प्रमाणित हुन सकेका थिएनन्। हिमालमा गाइड गर्ने दक्षताबारे सरकारसँग कुनै पनि मापदण्ड छैन। मापदण्ड तोकेका गाइडलाई समेत सम्मान छैन। यसरी हिमालको सुरक्षा र प्रवद्र्धन गर्न सम्भव नभएको नुर्बुको भनाइ छ।

नेपालले अन्तर्राष्ट्रिय पर्वतारोहण पथप्रदर्शक संघको सदस्य नभएको समय युगोस्लाभिया, स्लोभिनबाट नेपालमा पर्वतारोहण गाइडलाई आधारभूत तालिम दिन चिकित्सकसहितको प्रशिक्षक आउथे। एडभान्स कोर्सका लागि फ्रान्सबाट प्रशिक्षक आएर तालिम दिने गरिएको थियो। २०४९ सालमा स्थापना भएको नेपाल पर्वतारोहण प्रशिक्षक संघको अध्यक्षसमेत छन् नुर्बु। हाल नेपालमै नुर्बुजस्ता दक्ष गाइड छन्। तर उनी जस्तालाई राज्यले कामको वातावरण बनाएको छैन।

नेपाल पर्वतारोहण संघले लाक्पानुर्बु शेर्पा र पदमबहादुर घलेलाई मासिक सात हजार रुपैयाँ दिने निर्णय गरेको छ। नुर्बुले तालिम दिएका प्रायः व्यक्ति विश्वविख्यात आरोही बनेका छन्। तर नुर्बु भने अवकाश प्राप्त जीवन कसरी बिताउने चिन्तामा छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.