नेपालबाट गायब गरिएको ३३ किलो सुन भारतमा बरामद

नेपालबाट गायब गरिएको ३३ किलो सुन भारतमा बरामद

काठमाडौ : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै अवैधरुपमा नेपाल भित्र्याएर गायब बनाइएको ३३ किलो सुन भारतमाा बरामद भएको छ । भारतीय प्रहरी र त्यहाँको राजस्व अनुसन्धान विभागको असुन्धान टोलीले डिसेम्बर ७ का दिन कोलकत्ता–दिल्ली राजमार्गबाट बरामद गरेको हो ।

२०७४ माघ अन्तिम साता दुबई हुँदै भित्रिएको यो सुन गायब पारिएपछि सुन तस्करीमा संलग्न चुडामणि उप्रेतीले यातना दिँदा उनका सहयोगी भरिया मोरङ उर्लाबारी निवासी सनम शाक्यको ज्यान समेत गएको थियो । 

‘दुबई हुँदै तस्करी गरेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भित्र्याएर गायब बनाइएको ३३ किलो सुन भारतको कोलकातामा बरामद भएको छ’, सुन तस्करीको छानबिन गर्न गठित समितिका संयोजक तथा गृहमन्त्रालयका सहसचिव इश्वरराज पौडेलले अन्नपूर्णसँग भने, ‘नेपालबाट हराएकै परिणामको सुनसहित दुईजना नेपाली पनि पक्राउ परेको खबर त्यहाँका राजस्व अनुसन्धान विभागले कोलकात्तास्थित नेपाली महावाणिज्यदूतावासलाई गराइसकेको छ ।’

संयोजक पौडेलका अनुसार बरामद सुन र पक्राउ परेका दुवै नेपालीबारे त्यहाँको अनुसन्धान विभागले कोलकात्तातास्थित नेपाली महावाणिज्यूत एकनारायण अर्याललाई जानकारी दिइसकेको छ । 

अर्यालले नेपलाबाट गायब पारिएको तस्करीको ३३ किलो सुन बरामद भएको जानकारी नेपालस्थित गृहमन्त्रालयमा गराइसकेका छन् । ‘अहिलेसम्म प्राप्त जानकारी अनुसार कोलकातामा बरामद भएको त्यो सुन नेपालबाट गायब गरिएकै सुन हो’, पौडेलले अगाडि भने, ‘भारतको कस्टमको अनुसन्धान विभागले महावाणिज्यदूत अर्याललाई लेखेको पत्र पनि प्राप्त भइसकेको छ, अब बरामद सुन र पक्राउ परेका दुवैजनालाई नेपाल झिकाउने पहल गरिरहेका छौँ ।’
 

नेपालबाट गायब बनाइएको सुन बरामद गरिँदै


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.