भन्सारबाटै सामान चोरी

भन्सारबाटै सामान चोरी

टीकापुर : कैलालीको सुदूरपूर्वी दक्षिणी सीमानाका खक्रौलामा रहेको सत्ती भन्सार कार्यालयबाट व्यापारीको सामान चोरी भएको छ। शुक्रबार दिउँसो भारतीय तिकुनियाँबाट नेपाल ल्याउन लागेको भारतीय व्यापारीको सामान खक्रौलामा रहेको भन्सार कार्यालयको परिसरबाटै चोरी भएको हो। 

    
भारतीय व्यापारी इन्द्र पालको चप्पल लगायतको सामान चोरी भएको बताइएको छ। भन्सार गर्न शुक्रबार दिउँसै भन्सार परिसरमा पुगाइएको सामान अबेरसम्म भन्सार हुन नसकेपछि पालले त्रिपालले छोपेर तिकुनियाँ फर्केका थिए। 
    
‘शनिबार बिहान भन्सार गर्न सामान हेर्दा एक बोरा खाली थियो’–भारतीय व्यापारी पालले भने–‘चप्पल राखिएको बोरामा चप्पल छैन, खाली कभर मात्रै छ। ’उनले भन्सार परिसरमा रहेका सशस्त्र प्रहरी र सिसिटिभी क्यामेरामासमेत चोरीबारे केही थाहा नभएको बताए। 
    
केही दिनअघि सामान निकासीको काम गर्दै आएका सदाव खाँ र राजु खाँको पानी तान्ने पम्पहरु (मोटरहरु) समेत चोरी भएको बताइन्छ। भन्सार परिसरमा रहेका सुरक्षाकर्मी र सिसिक्यामेराको निगरानीमा राखिएको सामान चोरी हुनुले व्यापारीहरु अचम्मित बनेका छन्। 
    
सत्ती भन्सार कार्यालयका प्रमुख बसन्तकुमार केसीले भने चोरीको घटनाबारे आफूलाई जानकारी नभएको बताएका छन्। ‘भन्सारको परिसरबाट चोरी हुने कुरा सम्भव छैन’  केसीले भने, ‘अब बाहिर कसैले केही सामान छोडेर जान्छ भने त्यो हाम्रो जिम्मा हुन्न।’
    
भन्सारमा सामान छोड्दा इन्ट्रि किताबमा बिजक नम्बरसहित सामानको विवरण राख्नुपर्ने प्रावधान रहेको उल्लेख गर्दै केसीले भने इन्ट्रि नै नभएको सामानको जवाफदेहिता हाम्रो हुँदैन।’ भन्सार कार्यालयको परिसरमा त्रिपालले छोपेर राखेको सामान चोरी हुनुले स्थानीय व्यापारीले भन्सार नै असुरक्षित भएको आशंका गर्न थालेका छन्। 
    
 

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.