विशाल मेमोरियल गोल्डकप पुस २८ देखि

विशाल मेमोरियल गोल्डकप पुस २८ देखि

वीरगन्ज : वीरगन्जका पूर्वराष्ट्रिय फुटबल खेलाडी स्वर्गीय विशालजंग राणको स्मृतिमा पुस २८ गतेदेखि विशाल मेमोरियल गोल्डकप हुने भएको छ। 

विशाल मेमोरियल फाउण्डेशनले पुष २८ देखि माघ ५ गतेसम्म दोश्रो टुबोर्ग विशाल गोल्डकप फुटबल प्रतियोगिता गर्न लागेको हो। शनिबार वीरगन्जमा पत्रकार सम्मेलन गरेर फाउण्डेनशले प्रतियोगिताको बारे जानकारी दिएको हो। 

वीरगन्जको नारायणी रंगशालामा हुने प्रतियोगितामा नेपाल र भारतका आठ टिमको सहभागीता रहने फाउण्डेशनका अध्यक्ष अनिलप्रसाद कलवारले जानकारी दिए। 

प्रतियोगिताको विजेता टिमले कपसहित नगद पाँच लाख ५५ हजार पाँच सय ५५ र उपविजेताले दुई लाख ७७ हजार सात सय ७७ रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्। 

प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीलाई मोटरसाइकल र प्रत्येक खेलका म्यान अफ दी म्याचलाई पाँच हजार रुपैयाँ प्रदान गर्ने आयोजकले जनाएको छ।
 
प्रतियोगितमा कुल ५१ लाख ९८ हजार तीन सय ३२ रुपैयाँ खर्च हुने अनुमान गरिएको छ। 

पत्रकार सम्मेलनमा, फाउण्डेशनका संस्थापक अध्यक्ष रुपकराज पाण्डे, सल्लाहकार शिवशंकर पटेल, अखिल नेपाल फुटबल संघ पर्साका अध्यक्ष दिवाकरकृष्ण मानन्धर, नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष श्याम बन्जारा, प्रदेश उपाध्यक्ष केसी लामिछानेलगायतको उपस्थिति थियो।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.