‘घूस काण्डमा ट्रम्पलाई गल्ती महसुस’

‘घूस काण्डमा ट्रम्पलाई गल्ती महसुस’

वासिङटन : अमेरिकी राष्ट्रपतीय निर्वाचनको अन्तिम घडीमा दुई महिलालाई ‘हस–मनी’ (घूस) दिनु गलत भएको अनुभूति राष्ट्रपति डोनाल्ड ट्रम्पले गरेको उहाँका पूर्व वकील मिसेल कोहेनले बताएका छन्।

रिपब्लिकन पार्टीका नेता तथा राष्ट्रपतिका उम्मेदवार रहेका वर्तमान राष्ट्रपति ट्रम्पसँग आफूहरूको सम्बन्ध रहेको दाबी गरेपछि निर्वाचनलाई प्रभावित पार्ने निष्कर्षसाथ स्टोमी डेनियल्स र कारेन म्याक डोगाललाई ठूलो रकम दिएको भन्ने डेमोक्रेटिक पार्टीका समर्थक तथा स्थानीय सञ्चारमाध्यमले जनाउँदै आएका छन्।

ट्रम्पले महिलाहरूको दावीले निर्वाचनमा आफ्ना मतलाई प्रभावित गर्नसक्ने महसुस गर्दै उक्त रकम दिन निर्देशन दिएका कोहेनले खुलासा गरे। बिहीबार कोहेनमाथि तीन वर्षको जेल सजाय भएपछि अमेरिकी समाचार संस्था ‘एबीसी न्यूज’लाई दिएको पहिलो प्रतिक्रियामा डेनियल्स र म्याक डोगाललाई ट्रम्पले ‘हस–मनी’ दिएको खुलासा गरेका हुन्।

यद्यपि अमेरिकी राष्ट्रपति ट्रम्पले भने आफूले कहिल्यै कानूनविपरीत काम गर्न निर्देशन नदिएको बताउँदै आएका छन्। कोहेनलाई के डेनियल्स र म्याक डोगाललाई घूस दिएको थाहा छ भन्नेबारे कोहेनले ‘निश्चय’ थाहा भएको बताए। राष्ट्रपति ट्रम्पले कोहेनलाई कहिल्यै कानुन तोड्न नलगाएको भन्ने भनाइलाई उनले चुनौती दिए। एबीसीको ‘गुड मर्निङ अमेरिका’ अन्तर्वार्ता कार्यक्रमसँग भने, ‘म सोच्न सक्दिनँ कि राष्ट्रपतिको उक्त भनाइ कसैले पत्याउला।’ 

पहिलो कुरा ‘ट्रम्प अर्गनाइजेसन’ले ट्रम्पको स्वीकृतिबिना केही पनि हुन नदिने र त्यो खर्च दिन आफूलाई निर्देशन दिएको पनि उनले दाबी गरे। यी विषयमा संलग्न हुन ट्रम्पले निर्देशन एिको उनले स्पष्ट पारे।

‘उहाँलाई सत्य कुरा थाहा छ। मलाई वास्तविकता थाहा छ र सबैलाई यसबारे थाहा छ’, कोहेनले भने, ‘यहाँ वास्तविकता छ, अमेरिकी जनता र विश्व समुदायले राष्ट्रपतिले ती महिलाबारे दिएका अभिव्यक्तिलाई पत्याउँदैनन्, विश्वास गर्दैनन्– यो व्यक्तिले साँचो बोल्दैन। यो दुःखको कुरा हो कि मैले उहाँका फोहोरी क्रियाकलापको जिम्मेवारी लिनुपर्‍यो।’  एएफपी 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.