थ्रीस्टारको लय जारी

थ्रीस्टारको लय जारी

काठमाडौं : पल्सर सहिद स्मारक ‘ए’ डिभिजन लिगमा थ्रीस्टारले जितका लय जारी राखेको छ। उपाधि होडमा रहेको मनाङ मस्र्याङ्दी क्लबलाई पछ्याइरहेको थ्रीस्टारले शनिबार हल्चोकस्थित एपीएफ क्लबको मैदानमा भएको खेलमा मच्छिन्द्र फुटबल क्लबलाई १-० गोलले हरायो।

जितसँगै थ्रीस्टारले शीर्ष टोली मनाङसँगको दूरी तीन अंकले घटाएको छ। आठौं चरणको समाप्तिसँगै शीर्ष स्थानमा रहेको मनाङको १४ अंक छ। दोस्रो स्थानमा रहेको थ्रीस्टारको २१ अंक छ। थ्रीस्टार यसअघि मनाङसँग पराजित भएको थियो। २१ अंक नै बनाएको संकटा तेस्रो स्थानमा छ।

थ्रीस्टारको जितमा रक्षक रञ्जित धिमाल नायक बने। ११औं मिनेटमा पाएको पेनाल्टीलाई रञ्जितले सही सदुपयोग गरेका थिए। सोही गोल नै थ्रीस्टारलाई तीन अंक जोड्न पर्याप्त बन्यो। रञ्जितको जारी लिगमा यो सातौं गोल हो। उनी लिगमा सर्वाधिक गोल गर्ने खेलाडीको शीर्ष स्थानमा छन्। थ्रीस्टारका नीराजन खड्काको प्रहारलाई मच्छिन्द्रका अञ्जन देवकोटाले डीबक्सभित्र ह्यान्ड गरेपछि थ्रीस्टारले पेनाल्टीको मौका पाएको थियो।

पहिलो र दोस्रो हाफमा लगातार थप गोल गर्ने अवसर बनाएको थ्रीस्टार सफल बन्न सकेन। मच्छिन्द्रले पनि केही दोस्रो हाफमा दुईवटा गोल गर्ने अवसर गुमाएको थियो। लिगमा कमजोर प्रदर्शन गरिरहेको मच्छिन्द्र तीन अंकसहित १३औं स्थानमा छ।

गसैगरी हल्चोक मैदानमै भएको अर्को च्यासल युथ क्लबले ब्रिगेड ब्वाइज क्लबलाई २-० गोलले हरायो। १० खेलाडीमा सीमित च्यासलले दुवै गोल दोस्रो हाफमा गरेको थियो। च्यासलको जितमा सन्तबहादुर गुरुङले ६५औं मिनेटमा हेड गोल गरेका थिए। सन्जोक राईले ८२औं मिनेटमा गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए। उनले सन्तोष साहुखलको पासमा गोल गरेका थिए।

 च्यासल खेलको अन्तिममा १० खेलाडीमा समेटिएको थियो। ८५औं मिनेटमा सन्तोष साहुखल दोहोरो पहेँलो (रातो) कार्ड खाँदै बाहिरिएका थिए। पहिलो हाफमा राम्रो खेलेको ब्रिगेड ब्वाइज दोस्रो हाफमा निरीह बनेको थियो। जितसँगै च्यासल पाँचौं स्थानमा उक्लिएको छ। च्यासलले आठ खेलबाट १३ अंक बनाएको छ। यसअघि चार अंक बनाएको ब्रिगेड ब्वाइज १२औं स्थानमा छ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.