हामी असाधारण सफलताको बिन्दुमा छौं : प्रधानमन्त्री ओली

हामी असाधारण सफलताको बिन्दुमा छौं : प्रधानमन्त्री ओली

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार सही बाटोमा हिँडेको बताएका छन्। 

पूर्व नेकपा (एमाले) निकट प्रगतिशिल तथा पेशागत कानुन व्यावशायी महासंघ (पीपीएलए) र नेकपा (माओवादी केन्द्र) निकट गणतान्त्रिक तथा प्रगतिशिल कानुन व्यवाशायी संघ(आरपीएलए)को एकीकरणलाई  आइबार  पार्टी केन्द्रीय कार्यलय धुम्बाराहीमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो दाबी गरेका हुन्। 

‘हामी अहिले असाधरण सफलताको बिन्दुमा छौं’, प्रधानमन्त्री ओलीले भने, ‘तर यो सफलताविरुद्ध भयानाक प्रचार युद्ध सञ्चालनमा छ। त्यसलाई परास्त गर्नुपर्दछ।’

कम्युनिस्ट पार्टीले बहुमत जनताको अभिमतबाट, बहुमत प्रतिनिधिले अनुमोदन गरेर बनाएको सरकारलाई केही केहीलाई प्रिय नलाग्ने भए पनि यसले आम जनताको हितमा नै काम गर्ने प्रधानमन्त्री ओलीले बताए।  ‘प्रचार युद्धमा गणतन्त्रका धरोहरलाई आक्रमण गरिएको छ। राष्ट्रपतिका विषयमा अनावश्यक प्रचार भइराखेको छ’, प्रधानमन्त्री ओलीले भने, ‘यो कुनै व्यक्ति विशेष नभएर गणतन्त्रलाई नै धराशायी बनाउने योजनामा केन्द्रित छ।’

 गणतन्त्रविरुद्धको प्रचारविरुद्ध बोल्नु आफ्नो कर्तव्य भएको प्रधानमन्त्री ओलीको भनाइ छ। ‘जबसम्म डमरुलाई कसैले आक्रमण गर्दैन तवसम्म बघिनी चुप लागेर बस्छे तर जब डमरुलाई कसैले आक्रमण गर्छ बघिनी जतिसुकै ठूलो भिड भए पनि प्रतिकारमा उत्रन्छे। यो उसको धर्म नै हो’, प्रधानमन्त्री ओलीले थपे, ‘कम्युनिस्ट  आन्दोलन ,नेकपा र सरकारविरुद्ध हमला गर्नेले यो कुरा हेक्का राख्नु पर्दछ।’

दुई संगठनको एकिकरणबाट नेपाल कानुन व्यावशायी संगठन (एनएलए) को गठन गरिएको छ। संगठनको संयोजकमा रुद्र नेपाल र सहसंयोजकमा दिनमणी पोख्रेलसहित ४५ सदस्यीय समिती  चयन  भएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.