केन्द्र विवाद : नेता गाउँ, कर्मचारी सदरमुकाम

केन्द्र विवाद : नेता गाउँ, कर्मचारी सदरमुकाम

जाजरकोट : जुनीचाँदे गाउँपालिकामा केन्द्र विवाद कायमै छ। केन्द्र विवादकै कारण जनप्रतिनिधिले गाउँमा बसेर कामकाज गरे पनि कर्मचारी भने सदरमुकाम खलंगाबाटै सेवा प्रवाह गरिरहेका छन्।

प्रमुख प्रशासकीय अधिकृत, लेखापाल, अन्य विषयगत कार्यालयका प्रमुख र कर्मचारी गाउँपालिकाको केन्द्र विवादले सदरमुकाममै सम्पर्क कार्यालयबाट कामकाज गर्न बाध्य भएका हुन्। कर्मचारी र जनप्रतिनिधि एकै ठाँउ नहुँदा योजना कार्यान्वयन, भुक्तानी र अन्य प्रशासनिक कार्यमा समेत कठिनाइ भएको स्थानीयको भनाइ छ। केन्द्र विवादले सेवा प्रवाहमा बाधा पुग्नुका साथै विकास गतिविधिसमेत प्रभावित भएको छ। कर्मचारी र जनप्रतिनिधि एक ठाउँमा नहुँदा कामकाजमा समस्या भएको जुनीचाँदे ४ का हरिबहादुर खड्काले बताए ।

सानाखोला वा लुहादहमध्ये कुन केन्द्र कायम गर्ने भन्ने विवाद अझै टुंगिएको छैन। निर्वाचनअघि स्थानीय तहको संरचना निर्माण गर्दा यी दुई स्थानको विवाद भएपछि मजकोटको पराले कायम गरी संरचनाको टुंगो लगाइएको थियो। जनप्रतिनिधि निर्वाचित भइसकेपछि विवाद थप बढेको छ। साविकको मजकोट र दह गाविसमा पर्ने केही वडा सानाखोलालाई केन्द्र राख्नुपर्ने अडानमा छन्। साविकको गर्खाकोट, मजकोट, कोर्ताङ र दहमा पर्ने केही वडा भने लुहादह केन्द्र राख्नुपर्ने अडानमा छन् ।

जुनीचाँदेमा ०७४ असारमा गाउँ कार्यपालिका गठन भएको थियो। त्यसको ११ महिनापछि वैशाख ३० गते बसेको पहिलो गाउँसभा बैठकले जुनीचाँदे–४ लुहादह केन्द्र कायम गर्ने निर्णय गरेको गाउँपालिका अध्यक्ष कृष्णबहादुर खड्काले बताए। असन्तुष्ट वडाका जनप्रतिनिधिले भने उक्त गाउँसभा नै सञ्चालन नभएको र बैठक पुस्तिका मात्र तयार पारेर जबर्जस्ती केन्द्र तोकिएको आरोप लगाएका छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.