पोखरा विमानस्थल निर्माणमा अर्को फड्को, निर्माण सक्न काम तीब्र

पोखरा विमानस्थल निर्माणमा अर्को फड्को,  निर्माण सक्न काम तीब्र

पोखरा : राष्ट्रिय गौरवको आयोजना पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य तीव्र रूपमा भइरहेको छ। सन् २०२१ को जुलाई १० मा सक्नुपर्ने सम्झौता भए पनि तोकिएको समयसीमाभन्दा ६ महिनाअघि नै सक्ने गरी युद्धस्तरमा काम भइरहेको चिनियाँ सरकारी स्वामित्वको ठेकेदार कम्पनी सीएएमसीईका साइड म्यानेजर मिस्टर झुले जानकारी दिए।

अहिले विमानस्थलको रनवे, टर्मिनल भवन, एप्रोन (यात्रु जहाजमा चढ्ने र ओर्लने स्थान), ट्याक्सी पार्किङ, नाला निर्माण, ह्याङगर निर्माण, जमिन सम्याउने लगायतका काम तीव्र गतिमा भइरहेको ठेकेदार कम्पनी सीएएमसीईका जनसम्पर्क अधिकारी कृष्ण चापागार्इंले बताए। अहिले चिनियाँ एक सय जना मजदुर र नेपाली तीन सय गरी चार सय जनाले काम गरिरहेको पनि उनले बताए।

सबैभन्दा धेरै समय लाग्ने महत्वपूर्ण २० प्रतिशतभन्दा धेरै काम एक वर्षमै सम्पन्न भइसकेकाले समयसीमाभन्दा छिट्टै अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य सम्पन्न हुने उनले सुनाए। सन् २०१७ को नोभेम्बर महिनादेखि विमानस्थलको निर्माण सुरु भएको हो। सन् २०१९ भित्र ६० प्रतिशतभन्दा बढी काम सकिने र सन् २०२० भित्र सबै काम सकिने गरी काम भइरहेको साइड म्यानेजर झुले बताए। विमानस्थल निर्माण छिटो सम्पन्न गर्ने नाउँमा गुणस्तरमा सम्झौता भने नहुने उनले सुनाए। अहिले रनवेको थर्ड लेबलको काम अन्तिम चरणमा पुगेको पनि उनले जानकारी दिए।

एक महिनाभित्र थर्ड लेबलको काम सबै सकिने र सन् २०१९ को ६ महिनाभित्र रनवेको सम्पूर्ण काम सकिने गरी काम भइरहेको पनि उनले बताए। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको रनवे सिमेन्ट, बालुवा प्रयोग गरी विभिन्न चरणमा ढलान गरी निर्माण भइरहेको छ। विमानस्थलको टर्मिनल भवन १४ हजार स्क्वायर मिटरमा बन्नेछ। आठ हजार स्क्वायर मिटर अन्तर्राष्ट्रिय उडानका लागि र ६ हजार स्क्वायर मिटर आन्तरिक उडानका लागि गरी १४ हजार स्क्वायर मिटरको टर्मिनल भवन निर्माण हुन लागेको हो। टर्मिनल भवनमा वार्षिक पाँच लाख क्षमताको हुनेछ। यसको साथै अर्को छुट्टै टर्मिनल भवन पनि निर्माण गरिने पनि नागरिक उड्डयन प्राधिकरणले बताएको छ।

सन् २०२१ को जुलाईसम्म पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको काम सकेर सञ्चालनमा ल्याउने गरी निर्माण तालिका बनाएर काम अघि बढेको हो। पोखरा महानगरपालिका १० र १४ मा पर्ने जमिनमा चिनियाँ सरकारी स्वामित्वको ठेकेदार कम्पनी सीएएमसीईले २०७३ साउन १८ गतेदेखि विमानस्थल निर्माणको काम थालेको हो। विमानस्थल निर्माण गर्न सरकारले सन् २०१४ मे १२ मा सीएएमसीईलाई ठेक्का दिएको थियो। निर्माण कम्पनीले १० जुलाई २०२१ मा विमानस्थल निर्माण सम्पन्न गरी नेपाल सरकारलाई हस्तान्तरण गर्नुपर्ने छ।

झन्डै २२ अर्ब रुपैयाँ चिनियाँ ऋण सहयोगमा विमानस्थल निर्माण भइरहेको छ। अन्तर्राष्ट्रिय उड्यान संस्था (आइकाओ) को मापदण्डअनुसार फोरडी मोडलमा पर्ने पोखरा विमानस्थल निर्माण पूरा भएपछि बोइङ ७५७ र एयरबस ३२० वा सो सरहका जहाज आउजाउ गर्न सक्नेछन्। दुई हजार पाँच सय मिटर लामो धावनमार्ग हुने विमानस्थलमा आउनेजाने ती विमानको यात्रु क्षमता एक सय ९२ हाराहारीमा हुनेछ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.