बिनास्वीकृति बौद्धस्तुपामा ड्रिलिङ, चिनियाँमाथि कारवाहीको माग
![बिनास्वीकृति बौद्धस्तुपामा ड्रिलिङ, चिनियाँमाथि कारवाहीको माग](https://annapurnapost.prixacdn.net/media/albums/bauddha-stupa_20181218083228_vUjfGVghuv.jpg)
काठमाडौं : पुरातत्व विभागको स्वीकृति विना बौद्ध स्तुपा भत्काइएको छ।चिनियाँ नागरिक भूपति बज्र लामाले बिनास्वीकृति स्तुपा भत्काएको आरोप बौद्धनाथ क्षेत्र विकास समितिले लगाएको छ।
विद्युत सामग्री प्रयोग गरी स्तुपाको चारैतिर खोपेको भन्दै समितिले दोषीलाई कारवाहीको माग गर्दे पुरातत्व विभाग र संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई पत्रचार गरेको छ।
विश्व सम्पदाको सूचीमा सूचीकृत बौद्धस्तुपामा समितिको स्वीकृति र निर्णयविना जथाभावी काम गरेको अध्यक्ष राजकुमार लामाले बताए। चिनियाँ नागरिक भुपति बज्र लामा बौद्ध घ्याङ गुठीका अध्यक्ष समेत हुन्। विश्व सम्पदामा सूचीकृत भएपछि सरकारले गुठीलाई व्यवस्थापन गर्न समिति गठन गरी काम अघि बढाएको छ।
समितिलाई जानकारी नै नदिई आधा दर्जन चिनिया नागरिकसहित लामाले स्तुपाको चारैतिर ड्रिल गरे प्राचीन स्मारक क्षेत्रमा ठूलो क्षति पुर्याएको अध्यक्ष राजकुमार लामाले बताए। दोषीलाई प्राचीन स्मारक संरक्षण ऐन २०१३ (संसोधन सहित) अनुसार हदैसम्मको कारबाहीको माग गरेको लामाले बताए।राज्यले व्यवस्थापनको जिम्मा लिएकाले गुठीले स्तुपाको संरक्षणमा ध्यान नदिएको समितिको भनाइ छ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)