माइक खोसाखोस भएपछि रोकिएको कांग्रेस बैठक ३ बजेपछि (भिडियाेसहित)
काठमाडौं : माइक खोसाखोस भएपछि रोकिएको कांग्रेस महासमिति बैठक दिउँसो ३ बजेपछि सुरु हुँदैछ। नुवाकोटाका जिल्ला सभापति जगदिश्वरनरसिंह केसीले बोल्न खोज्दा सहमहामन्त्री डा. प्रकाशरण महतले माइक खोसेपछि बैठक स्थगित भएको थियो।
नुवाकोट सभापति केसीले बोल्दाबोल्दै महतले माइक खोसेपछि बैठक स्थलमा केहीबेर तनाव भएको थियो। महासमिति बैठक सुरु भएको चार दिनसम्म पनि पार्टीको विधान पेस नभएको भन्दै सभापति केसीले आपत्ति जनाएपछि महतले माइक खोसेका थिए।
माइक खोसाखोसपछि स्थगित भएको बैठक ३ बजे पुनः बस्ने सहमति भएको थियो। बैठकमा सहभागी हुन अहिले नेताहरु बैठक स्थलमा पुग्नेक्रम जारी छ।
३ बजेको बैठकमा विधान पेश हुने आश्वासन शीर्ष नेताले दिएपछि बैठक सुरु हुन लागेको हो।