हिंसा रोक्न महिलालाई आत्मरक्षा तालिम

हिंसा रोक्न महिलालाई आत्मरक्षा तालिम

भक्तपुर : भक्तपुरका महिला कर्मचारी, नर्सलगायतलाई आत्मरक्षा (सेल्फ डिफेन्स) सम्बन्धी दुईदिने तालिम दिइएको छ ।

राष्ट्रिय खेलकुद परिषद्को समन्वयमा नेपाल सेल्फ डिफेन्स एसोसियसनले भक्तपुरका दुई दर्जन बढी महिलालाई आत्मरक्षासम्बन्धी तालिम दिएको हो ।

भक्तपुरको सिद्धि स्मृति प्रतिष्ठानको सहयोगमा भएको तालिममा एसोसियसनका प्रमुख प्रशिक्षक सञ्जु महर्जन नेतृत्वको टोलीले सहजीकरण गरेको थियो । जसमा महर्जनको टोलीमा एसोसियसनका प्रशिक्षकहरु पद्मा खयरगोली, राधिका ऐर हमाल, रोजिना लोहला र रवीन्द्र श्रेष्ठ थिए ।

तालिममा महिलाले सार्वजनिक सवारीसाधन, कार्यालयलगायत सार्वजनिक क्षेत्रमा हुनसक्ने महिला हिंसाका क्रममा आत्मरक्षा गर्ने विधिबारे प्रदर्शन गर्दै सीप सिकाइएको थियो ।

तालिममा विनाहातहतियार हात खुट्टाको मद्दतमा बलभन्दा बुद्धिको प्रयोग गरी आफूमाथि हुने हिंसा र हमलाको प्रतिकार गरी सुरक्षित हुने विधिबारे सीप र ज्ञान दिइएको मुख्य प्रशिक्षक महर्जनले बताइन् ।

आत्मविश्वासको कमीले गर्दा महिलाहरु हिंसा, बलात्कारदेखि अपहरणसम्म हुने घटना बढेकाले महिलाहरुमा आत्मविश्वास जगाइ आत्मरक्षा गर्ने विधि सिकाउन एसोसियसनले देशव्यापी अभियान नै सञ्चालन गरेको बताइएको छ ।

यसअघि काठमाडौं, ललितपुर, काभ्रे, बाँके, कैलाली र कञ्चनपुरमा यस्तै तालिम सम्पन्न गरिएको आयोजक संस्थाले बताएको छ । माघ १० गतेभित्र बाँकी १२ जिल्लामा उक्त तालिम सञ्चालन गरिने प्रशिक्षक पद्मा खयरगोलीले जानकारी दिइन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.