प्रतिस्पर्धा गरेर ब्याज नबढाउन राष्ट्र बैंकको निर्देशन
काठमाडौं : ठूला बैंकले ब्याजदरमा प्रतिस्पर्धा गर्न थालेपछि राष्ट्र बैंकले ब्याजदरमा प्रतिस्पर्धा नगर्न निर्देशन दिएको छ। राष्ट्र बैंकले मंगलबार बैकर्स एसोसिएसन र बैंकका प्रमुख कार्यकारी अधिकृतलाई बोलाएर ब्याजदरमा संयमित हुन् निर्देशन दिएको हो।
नबिल र हिमालयन बैंकलेसमेत ब्याजमा प्रतिस्पर्धा गर्न थालेपछि निर्देशन दिएको राष्ट्र बैंकका प्रवक्ता नारायणप्रसाद पौडेलले जानकारी दिए। ‘बैंकहरूले निक्षेपको ब्याजदरमा होडबाजी गर्न थालेपछि संयमित हुन भनेका छौं’, उनले भने, ‘ब्याजको स्थायित्व हाम्रो एजेण्डा हो।’
होडबाजीले वित्तीय स्थायित्वमा खलबल पुर्याउने भन्दै बैंकले आफ्नो मनोमानीमा ब्याजदर बढाउनु नहुने राष्ट्र बैंकको ठहर छ।