सामाजिक संजालमाथि ट्रम्पको आक्रोश : फेसबुक-ट्वीटर लोकतन्त्रप्रति पूर्वाग्रही छन्
वासिङ्टन : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फेसबुक, गुगल र ट्वीटर लोकतन्त्रप्रति पूर्वाग्रही रहेको भन्दै आरोप लगाएका छन् । ट्वीटरमै उनले यस्तो टिप्पणी गरेका हुन् ।
ट्रम्पले ट्वीटरमा लेखेका छन्, ‘फेसबुक, ट्वीटर र गुगल लोकतन्त्रप्रति अति नै पूर्वाग्रही छन् । यो हास्यास्पद हो !’ ट्रम्पले ट्वीटरमा आफूलाई पछ्याउन चाहने जनताका लागि अति नै अप्ठ्यारो पारिदिएको भन्दै आरोप लगाए । ट्वीटरले आफ्नो एकाउन्ट हटाइदिने र ‘फलो’ गर्नेको संख्या पनि सुस्त गराइदिएको ट्रम्पको आरोप छ ।
‘तिनिहरुले थुप्रै नाम हटाइदिएका छन् । र बढ्दो तह र गतिलाई सुस्त बनाइदिएका छन्,’ ट्रम्पको आरोप छ । खासमा उनीहरुले यसो गरेर कुनै उपलब्धि हासिल गरेका छैनन् ।’
ट्रम्पले यसअघि पनि फेसबुक र ट्वीटरमाथि असन्तुष्टि पोखेका थिए । उनीहरुको गतिविधिलाई लिएर कानुनी प्रश्न नै तेस्र्याएका थिए । यसपटक भने ट्वीटरमा आफ्ना प्रसंसकको संख्या घट्न थालेपछि ट्रम्पको यस्तो असन्तुष्टि आएको हो ।