मेलम्चीमा ठेकेदार हावी

मेलम्चीमा ठेकेदार हावी

काठमाडौं : खानेपानी मन्त्रालयले विकसित परिस्थितिबाट मेलम्ची खानेपानी आयोजनाको निर्माण कार्य प्रभावित नहुने जनाएको छ। मेलम्चीको हालकै ठेकेदार इटालियन कम्पनी सीएमसीसँग काम जारी राख्ने वा नयाँ ठेक्का गर्ने विकल्पमा छलफल भइरहेको खानेपानी सचिव गजेन्द्र ठाकुरले मंगलबार विज्ञप्ति जारी गरी आश्वस्त हुन आग्रह गरे।

‘आयोजनाप्रति कहीं कतै आशंका नगर्न र निर्माण कार्यमा नेपाल सरकारलाई आ–आफ्नो स्थानबाट सकारात्मक सुझाव र उत्प्रेरणा प्रदान गर्नु हुन सम्पूर्णमा हार्दिक अपिल गर्दछौं’, विज्ञप्तिमा छ। खानेपानीमन्त्री बिना मगर, सचिव ठाकुर, आयोजना प्रमुख सूर्यप्रकाश कँडेललगायतले केही महिनाभित्र मेलम्चीको पानी काठमाडौं आइपुग्ने सार्वजनिक रूपमै घोषणा गर्दै आएका थिए। सीएमसीले भुक्तानी नपाएको कारण देखाउँदै काम रोकेपछि सचिव ठाकुरले ‘आयोजना निर्माण तालिका प्रभावित नहुने’ भन्दै विज्ञप्ति जारी गरेका हुन्।

मंसिर २७ सम्म भुक्तानी नपाए आपूmले काम नगर्ने चेतावनी सीएमसीले मन्त्रालयलाई दिइसकेको थियो। उसले नेपालमा कार्यरत मजदुर, विभिन्न निर्माण सामग्री, यन्त्र उपकरणका आपूर्तिकर्तालाई भुक्तानी दिन नपाएको भन्दै विवाद निरुपण बोर्ड (डीआरबी) ले तय गरेको ३६ करोड रुपैयाँ तत्काल निकासा गर्न ताकेता गर्दै आएको थियो।

मन्त्रालय र मेलम्चीले उक्त रकम भुक्तानी गरेनन्। ठेकेदारले साइट छाडी काठमाडौं आएर स्वदेश फर्कन लागेका बेला सरकारले ठेकेदार कम्पनीका कर्मचारीको राहदानी जफत गरेको थियो। भूकम्प र भारतीय नाकाबन्दीका कारण काम गर्न नपाएको भन्दै ठेकेदारले एक अर्ब ६१ करोड रुपैयाँ दाबी गरेको थियो।

आयोजनाले उक्त दाबी अस्वीकार गरेपछि यो विषय बोर्डमा पुगेको थियो। बोर्डले ३६ करोड रुपैयाँ आयोजनाले तिर्नुपर्ने निर्णय गरेको थियो। बोर्डको उक्त निर्णयका अतिरिक्त ठेकेदारले ६० करोड रुपैयाँको भेरिएसन बिल पेस गरेको आयोजना स्रोतले बतायो। बोर्डले तय गरेको ३६ करोड र भेरियसन बापतको रकमसमेत गरी करिब एक अर्ब रुपैयाँ पाउनुपर्ने ठेकेदारको दाबी छ। ठेकेदारले काम थालेको सुरुदेखि हालसम्मको भन्दै उक्त भेरियसन दाबी गरेको हो।

यही ठेकेदारले निरन्तरता पाए पनि मेलम्ची आयोजनाको सुरुङ र मुहान (हेड वक्र्स) निर्माण कार्य अर्काे वर्षको हिउँद (२०७६ को अन्त्य) मा मात्र पूरा हुने मन्त्रालयका एक अधिकारीले बताए। हालसम्म हेडवक्र्सको कामै भएको छैन। काम सुरु गरे पनि यो संरचना पूरा हुन डेढ वर्ष लाग्छ। ती अधिकारीका अनुसार यही ठेकेदारका माग पूरा गरी अस्थायी बाँधद्वारा मेलम्चीको पानी काठमाडौं भिœयाउने सरकारको रणनीति छ। ‘सरकारले अबको दुई महिनामा पानी आउँछ भनिसकेको छ’, ती अधिकारीले भने, ‘तर सीएमसीले हेडवक्र्स निर्माण कार्य पूरा नगरी आयोजना हस्तान्तरण गर्दैन, ठेक्का सम्झौतामा पनि यही छ।’

उनका अनुसार हालको ठेक्का रद्द गरी नयाँ नियुक्त गर्न र परिचालन गर्नै एक वर्ष लाग्छ। त्यसपछि बाँकी निर्माण कार्य (हेडवक्र्स) गर्न अर्काे डेढ वर्ष लाग्छ। यसो गर्दा मेलम्ची अढाई वर्ष ढिलो हुन्छ। ‘यो जोखिम लिने पक्षमा सरकार छैन’, ती अधिकारीले भने, ‘यस्तो बाध्यताको फाइदा उठाई ठेकेदारले एक, दुई अर्ब रुपैयाँ सरकारबाट झार्ने नियत देखियो।’ सीएमसीले सात अर्ब ७२ करोड रुपैयाँमा २०७० असार ३१ गते मेलम्चीको दुई हजार २१ हजार एक सय ४० मिटर सुरुङ र हेडवक्र्सको ठेक्का पाएको थियो। उसले २०७० असोज १५ गतेदेखि काम सुरु गरेको थियो।

काम सुरु गरेकोबाट एक हजार ९५ दिन (२०७३ वैशाख) भित्र उसले ठेक्का पूरा गर्नुपर्ने शर्त थियो। बीचबीचमा धेरै पटकको कार्य सूचि पविर्तन हुँदै पछिल्लोपटक २०७५ माघ २७ गते काम सक्ने सम्झौता थियो। सिन्धुपाल्चोकको मेलम्चीदेखि काठमाडौंको सुन्दरीजलसम्म कूल साढे २६ किलोमिटर सुरुङ खन्ने काम गत चैत ३० गते पूरा भएको थियो। त्यसपछि सुरुङको कंक्रिट लाइनिङ काममध्ये झन्डै एक किलोमिटर बाँकी छ भने हेडवक्र्सतर्पm सीएमसीले खासै काम गरेको छैन।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.