घरमै भेटिए फरार अभियुक्त

घरमै भेटिए फरार अभियुक्त

विराटनगर : ठगी मुद्धामा दोषी ठहर भए पनि फरार रहेका एक अभियुक्त आफ्नै घरमा भेटिएका छन्। मोरङको जहदा गाउँपालिका ३ का ३६ वर्षीय रामटहल राजवंशीलाई आफ्नै घरबाट प्रहरीले पक्राउ गरेको हो। 

प्रदेश १ प्रहरी कार्यालय विराटनगरको क्षेत्रीय अनुसन्धान समूहबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेर राजवंशीलाई अदालतमा बुझाएको छ। आफ्नै घरमा लुकिछिपी बसेको अवस्थामा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। राजवंशीलाई जिल्ला अदालत मोरङले २०७३ साल असार १२ गते दुई महिना कैद र चार लाख पाँच हजार रुपैयाँ जरिवानाको फैसला गरेको थियो। 

अदालतको फैसला यता राजवंशी फरार सूचीमा थिए। प्रहरीले पक्राउ गरेर अदालतमा बुझाएपछि राजवंशीलाई कैद सजाय भुक्तानका लागि कारागार चलान गरिएको जिल्ला अदालत मोरङका स्रेस्तेदार ईश्वरमणि ओझाले बताए। 


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.