काठमाडौँमा पकेटमारविरुद्ध प्रहरी अप्रेशन, १५ दिनमै ७७ जना पक्राउ

काठमाडौँमा पकेटमारविरुद्ध प्रहरी अप्रेशन, १५ दिनमै ७७ जना पक्राउ

काठमाडौँ : राजधानी उपत्यकामा पछिल्लो समय श्रृंखलावद्ध पकेटमारी र चोरीमा संलग्न ७७ जनालाई प्रहरीले पक्राउ गर्न सफल भएको छ । महानगरीय प्रहरी परिसर टेकुले गत मंसिर १५ गतेबाट यातायात व्यवसायीहरुसँगको समन्वयमा गरेको अपरेशनका क्रममा यति धेरै पकेटमार पक्राउ परेका हुन् । 

काठमाडौँमा सञ्चालित सार्वजानिक सवारी साधनमा पाकेटमारी तथा चोरीका घटना बढेको गुनासो आएपछि प्रहरीले अप्रेशन थालेको हो । यो अपरेशनका लागि ५० जना सादा पोशाकका प्रहरीलाई सार्वजनिक यातायातमा यात्रुकारुपमा परिचालित गरिएको परिसरका प्रमुम एसएसपी वसन्त लामाले जानकारी दिए । 

प्रहरोको यो अपरेशनका क्रममा बस र माइक्रोबसका यात्रुको पकेट र झोलामा रहेका नगद, मोबाइल, गरगहना चोर्दा चोर्दै रङ्गे हात ७७ जना पाकेटमारहरु पक्राउ परेका परिसरकार प्रवक्ता डिएपी होबिन्द्र बोगटीले जानकारी दिएका छन् ।

यसरी गर्थे चोरी 

प्रहरीका अनुसार पाकेटमारहरुले २/२ जनाको दरले ६ जनासम्मको समूह बनाइ बस र माइक्रोबस भित्र छिरेर पैसा भएका यात्रुको पहिचान गरी चोर्ने गरेका थिए । 'हाम्रो प्रहरी टोलीको अपरेशनका क्रममा पाकेटमारहरुको समूहले पैसा भएको यात्रुलाई बसमै अगाडी पछाडिबाट घेराबन्दीमा पारी ठेलाठेलको अवस्था बनाइ चोर्ने गरेको पाइयो', एसएसपी लामाले भने, 'यी पकेटमारहरुले यात्रुबाट मोबाइल, नगद र सुनचाँदीसमेत चोरेर पालैपालो बसबाट ओर्लेर गायब हुने गरेको हाम्रो अनुसन्धानले देखाएको छ ।

पाकेटमारको पनि कोडभाषा

तपाई हामीले प्रहरी सेना तथा अन्य सुरक्षा अधिकारीले मात्रै कोड भाषा प्रयोग गर्ने थाहा पाएका छौँ । तर पकेटमारको पनि कोडभाषा हुन्छ भन्दा अनौठो लाग्न सक्छ । तर राजधानीमा गुड्ने सवारी साधनबाट लुट्ने पाकेटमारहरुले पनि व्यवस्थितरुपमा कोडभाषा प्रयोग गर्ने गरेको डिएसपी बोगटीले बताए । 

'उनीहरुले पकेटमारी गर्ने क्रममा अनिवार्य एक अर्काबीच सांकेतिक भाषा प्रयोग गर्ने  भेटियो', बोगटीले भने, 'अरुले सुन्दा सहजै ठम्याउन नसक्ने कोडभाषा प्रयोग गरेर यिनीहरुको समय चोरी गरेर भाग्ने गरेका रहेछन् ।'

यस्ता छन् कोडभाषा 

उनीहरुले पैसालाई 'द' कोडभाषा प्रयोग गर्थे भने मोबाइललाई 'कान' भन्ने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ। त्यसैगरी जसको पकेट रित्याइन्छ उसलाई  'रामे' भन्ने गरेका थिए ।

त्यसैगरी पकेटमारी गर्नेलाई 'मास्टर' र 'काशी' भनेर सम्बोधन गरिन्थ्यो भने पैसा धेरै छ भन्नुपर्दा कोडभाषामा 'टानको द' र  पैसा थोरै छ भन्नुपर्दा 'जुटको ' भन्ने गरेको खुलेको छ । त्यसैगरी यो समूहले गाडीलाई  कोडभाषामा 'कांचा' भन्ने गरेको प्रहरी अनुसन्धानबाट पत्ता लगेको छ । 

त्यसैगरी केटालाई कोडभाषामा 'छापा' भन्ने गरेको खुलेको छ।  केटीलाई 'भद्री' र पुलिस आयोलाई उनीहरुले 'ठूल्दाइ' आयो भन्ने गरेका थिए । ड्राभइरलाई 'माम' भन्ने उनीहरुले खलासीलाई 'मले' भनेर कोडभाषामा चिनाउँथे ।  

यो समूहल पकेट रित्याएपछि भाग्ने क्रममा पनि कोडभाषा नै प्रयोग गर्थे । उनीहरुले गाडीबाटट झरेर भागलाई  'टप्की', गाडीभित्र अगाडि सरलाई 'अकल जाई' र गाडीभित्र पछाडि सरलाई कोडभाषामा 'चिछल जा' भन्ने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.