जगदुल्ला गाउँपालिकामा इन्टरनेट फ्री
डोल्पा : हिमाली जिल्लाको जगदुल्ला गाउँपालिकामा स्थानीय सरकारले नि-शुल्क इन्टर सेवा प्रदान गरेको छ। स्थानीय सरकारको पहलमा दूरसञ्चार प्राधिकरणले वर्ल्डलिंकको नि:शुल्क इन्टरनेट सेवा प्रदान गरेको हो। फी इन्टरनेट सेवा पाएपछि स्थानीय खुसी भएका छन्।
दुई वर्षसम्मको लागि संस्थागत रुपमा नि:शुल्क १ एमबीपीएस क्षमताको इन्टरनेट वर्ल्डलिंकमार्फत सेवा प्रदान गरिएको जगदुल्ला गाउँपालिकाका अध्यक्ष नारासिंह रोकायाले जानकारी दिए। उनले भने, 'जनताको सेवाको लागि इन्टरनेट सेवा प्रदान गरिएको हो।'
देवकोटाले भने,' अहिले अरु नीजि क्षेत्रका लागि कुनै प्याकेज बनेको छैन, प्याकेज बनाएर सेवा प्रदान गरिनेछ। डोल्पा जिल्लामै पहिलो स्थानीयतहमा द्रूत गतिको नि:शुल्क इन्टरनेट जडान गरी जनताको सेवामा सहज बनाउन पाउँदा निकै खुसी लागेको गाउँपालिका अध्यक्ष नारासिँह रोकायाले बताए। उनले भने,' जनताका हरेक सेवा अनलाइनमा अपडेट गर्नुपर्ने हुँदा वल्र्डलिंकको इन्टरनेटले प्रभावकारी बनाएको छ।'
जिल्लाका अधिकांश स्थानीय तहमा इन्टरनेटको पहुँच नभएका बेला जगदुल्ला गाउँपालिकाका स्थानीयले भने पहिलो पटक इन्टरनेटको उपभोग गर्न पाउँदा निकै खुसी लागेको स्थानीय हिराबहादुर थापाले बताए।