म्यानचेस्टर सिटी सेमिफाइनलमा

म्यानचेस्टर सिटी सेमिफाइनलमा

लन्डन : म्यानचेस्टर सिटी इङ्लिस लिग कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ। साविक विजेता सिटी बुधबार बिहान खेलिएको खेलमा लेस्टर सिटीलाई पेनाल्टी सुटआउटमा ३–१ गोलले हराउँदै सेमिफाइनलमा पुगेको हो। निर्धारित र थप गरिएको समयको खेल १–१ गोलको बराबरीमा सकिएपछि हारजितको निर्णय पेनाल्टी सुटआउटबाट निकालिएको थियो।

खेल सुरु भएको १४औं मिनेटमै केभिन डी ब्रुनले सिटीलाई अग्रता दिलाएका थिए। डी ब्रुनले जारी सिजनमा सिटीका लागि गरेको यो पहिलो गोल हो। पहिलो हाफमा निराशाजनक प्रदर्शन गरेको लेस्टरले ७३औं मिनेटमा जवाफी गोल फर्काएको थियो। सिटी जिततर्फ अग्रसर रहँदा लेस्टरका लागि मार्क अलब्राइटनले जवाफी गोल फर्काएका थिए।

पेप ग्वार्डिओलाको प्रशिक्षणमा रहेको सिटीले जारी सिजनको घरेलु लिगमा पनि उत्कृष्ट प्रदर्शन गर्दै आएको छ। प्रिमियर लिगमा सहभागी सबै टोलीले १७ खेल खेलिसक्दा सिटी ४४ अंकसहित दोस्रो र लिभरपुल ४५ अंकसहित पहिलो स्थानमा छन्। ‘लेस्टर सिटी बलियो प्रतिद्वन्द्वी हो। आज पनि लेस्टरले अन्तिम समयसम्म हामीलाई गतिलो चुनौती दियो’, खेलपछि सिटीका प्रशिक्षक ग्वार्डिओलाले भने।

लिग कप फुटबलको पछिल्ला नौ पेनाल्टी सुटआउटमध्ये पाँच खेलमा लेस्टर पराजित भएको छ। यसैगरी बुर्टन अल्बियोन पनि लिग कपको सेमिफाइनलमा पुग्न सफल भयो। बुर्टनले बुधबार बिहान खेलिएको खेलमा बलियो प्रतिद्वन्द्वी मिडल्सब्रोलाई १–० गोलले हरायो। बुर्टनका लागि ४८औं मिनेटमा ज्याक हेस्केथले निर्णायक गोल गरेका थिए। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.