सामाजिक सञ्जाल कि जाल ?

सामाजिक सञ्जाल कि जाल ?

हेल्लो खाना खानुभयो ? के गर्दै हुनुहुन्छ ? कहाँबाट हो नि तपाईं ? अहिले पनि फेसबुक मेसेन्जर खोलेर हेर्दा सयौं यस्ता मेसेज होलान्, जसलाई खोलेर हेर्न मन पनि हुँदैन। आक्कल–झुक्कल खोलेर हेरेका यस्ता मेसेजमा कि त फसिन्छ कि भने झ्वाँक चलेर त्यस्ता मेसेज पठाउने प्रायलाई ब्लक नै ठोकिन्छ।

पति स्वदेश हुन् वा विदेश वा बिहे भएका महिला हुन् कि अविवाहित हुन्, राति १० बजेपछि अनलाइन देखियो कि तपाईंको बिहे भयो ? बोल्नुस् न प्लिज, कति भाउ खोज्नुभएको हो ? साँच्चिकै तपाईं कति सुन्दर हुनुहुन्छ, तपाईंको पति अथवा तपाईंको प्रिय कति भाग्यमानी। बोल्नुस् न प्लिज। अति नै गरेपछि प्रोफाइल हेर्नतर्पm लाग्यो, प्रायः ४० देखि ५० वर्ष कटेका पुरुष मित्र हुने गर्छन्। जो आर्थिक रूपमा एक किसिमले सशक्त भइसकेका हुन्छन्। परिवार एक हिसाबले आफ्नो ठाउँमा सेट भइसकेको हुन्छ। मात्र त्यो अवस्थामा त्यो व्यक्ति फरक मित्रता गाँस्न रुचाउँछ र यस्तो सोच भएका व्यक्तिलाई अहिले बग्रेल्ती खुलेका सोसियल साइटहरूले अभैm सहज बनाइदिएका छन्।

एकजना मेरा साथीलाई मोबाइलको मेसेन्जरमा उनीसँग करिब एक महिनादेखि कोही चिनजानकै अफिसका सहकर्मी तर उमेरले ५०–६० नाघेका व्यक्तिले खुबै सताएका रहेछन्। सुरुसुरुमा त उनी पनि हेल्लो, खाना खायौ ? भन्दा खाएँ भन्नेसम्मका जवाफ दिइछन्। पछिपछि त दिनभरिकै अपडेट एकोहोरो लेख्दै पठाउन थालेछन्।

उनले मसँग भनिन् ब्लक गरौं भने अफिसको कतिपय काम गु्रप च्याटमा पनि हुने भएकाले हटाउन पनि समस्या छ। केही दिनअघि मात्र मेरो साथीको जन्मदिन परेको थियो। उनले भनिन्– म अफिस नपुग्दै सामसुङ मोबाइलको नयाँ सेट र उत्तिकै महँगो पनि अफिसको टेबलमा छोडिराखेको रहेछ। पछि मोबाइलमा म्यासेज आउँछ। मन प¥यो सरप्राइज ? भन्दै। आफूलाई निल्नु न ओकल्नु भएको उनी सुनाउँछिन्। अन्ततः उनको सरप्राइज उनैलाई सुम्पिदिए।

सम्पत्ति ओड्ने र ओछ्याउने कमाइगए अब मोजमस्ती गरेर बिताउनु त छ। अनि फेसबुकमा पत्नी र परिवारका आँखा छलेर आफूभन्दा दुई गुना कान्छीसँग मस्कामस्की लगाउँदै, उपहार दिँदै र फकाउँदै बस्छन्। आक्रोशित हुँदै उनले भनिन्।

अहिले पछिल्लो समय हाम्रो देशमा वैदेशिक रोजगारमा जानेको संख्या बढ्दो छ। त्यसमा पनि महिला र पुरुष बराबरीकै हाराहारीमै देखिन्छन्। प्रायः विवाहित एउटा विदेश र अर्को देशमा हुँदा एक्लोपनले सताउँछ। मायाको खाँचो र अभाव महसुस हुनु शारीरिक रूपले र मानसिक रूपले अस्वाभाविक हैन। त्यही अवस्थामा कोही व्यक्तिले मलजल हालेर मायाको लेप लगाउँदै अगाडि बढ्छ भने वृद्ध हुन् कि वयस्क जो पनि मायामा पर्न सक्छ। अधिकांश भर्खरका युवाभन्दा ४० कटेका पुरुषहरू क्षणिक उपयोग गर्न पाइन्छ कि भन्ने प्रलोभनमा परेर एक कदम अगाडि बढेका हुन्छन्। त्यतिबेला उनीहरू वास्तविक प्रेमसँगै पागलपनमा समेत डुबेको अभिनय देखाएर प्रायः भर्खरका युवती र अझै पति विदेशमा भएका महिलासँग सुरक्षित हुने भ्रममा सामाजिक सञ्जालमा खोजीमा अभ्यस्त भएका हुन्छन्।

सामाजिक सञ्जालकै कारण कतिपयको घरसँगै मनका सञ्जाल जोडिएका छन् भने कतिपयका छताछुल्ल हुन पुगेका छन्।

ओइ सुन्न ! भोलिदेखि खुसी पनि टेन्सन पनि सुरु हुन्छ मेरो। मैले भने किन ? म कोही अर्को मान्छेसँग सम्बन्धमा छु। मैले भने कस्तो सम्बन्ध ? फेसबुकमा भेट भयौं। हामी साथीबाट अहिले प्रेमीप्रेमिका भइसक्यौं। एक दिन वार्ता भएन भने साह्रै न्यास्रो लाग्छ। अनि पतिसँग ? ऊसँग नि गफ त गर्छु तर माया हुँदैन।

मैले भनें– तिमी गलत गर्दैछौ। तिम्रो पतिबाट तिमीलाई के अभाव थियो र ? अभावको कुरा हैन भावना मिल्दैन हाम्रो। परिवारबाट बच्चा भएन। अर्को बिहे गर्ने कि भन्ने उसको कान फुकिन्छ अनि ऊ तिनैको कुरा सुनेर मसँग सम्पर्क एकदमै कम हुन्छ। एकजना मेरो केटी साथीकै समस्या, उसले के सुनाइ– बिहे भएको १० वर्ष भयो। पति सेनामा छन्। घरमा बस्ने टुंगो हुँदैन। घरमा सासू–ससुरा मात्र छन्।

उसलाई घरबाट बाहिर निस्केर केही काम पनि गर्न दिइँदैन। बिहेअगाडि ऊ एउटा कमर्सियल बैंकमा काम गर्दै थिई। अहिले आएर के भइदियो भने लोग्नेले पत्नी आफ्नो साथमा पनि नलाने र बाबुआमा बूढा छन्, तिमी मसँगै हिँड्यौ भने कसले हेर्छ उहाँहरूलाई ? अन्ततः उसको साथी नै फेसबुक हुन थाल्यो। राति ११ बजेसम्म फेसबुक, बिहान पाँच बजे फेसबुक र दिनैभरि फेसबुक। यसै क्रममा कोही मान्छेसँग उसको बढी नै गफ हुन थाल्यो। र, अहिले पतिको फोनले भन्दा ऊ फेसबुकमा भेटिएको अधबैंसे उमेर पार गरिसकेको व्यक्तिसँगको सम्बन्धमा निकै खुसी छ।

उसले आफ्नो वृत्तान्त बताएपछि मैले पनि केही भन्न सकिनँ। आखिर ऊ खुसी छ। अन्तिममा मैले भनें– भोलि तिम्रो पतिलाई थाहा भयो भने ? उसले भनी– भविष्यको खुसीको चिन्ता छैन। मलाई अहिलेको खुसी चाहिएको छ।

अहिले हामी देख्न सक्छौं– नेपालका हरेक कुनाकाप्चाका मान्छेसमेत सोसियल मिडियासँग यति धेरै नजिक छन्, जुन हामी कल्पनासमेत गर्न सक्दैनौं।

एकपटक पूर्वीनेपालको पर्यटकीय स्थल सलकपुर जाने क्रममा हामी १५–२० जना साथी थियौं। त्यसै क्रममा एकजना दाजुको उमेर ५० वर्ष, मोबाइलमा फोन आयो जब कि उनले केहीबेरअघि आठ मिनेटजति आफ्नै पत्नीसँग मस्त गफ गरेर फोन राखेका थिए।

सामाजिक सञ्जालकै कारण कतिपयको घरसँगै मनका सञ्जाल जोडिएका छन् भने कतिपयका छताछुल्ल हुन पुगेका छन्। सामान्यतया पत्नीले एउटा उमेर पार गरेकी हुन्छिन्। सबै कुराले जीवन केही हदसम्म सम्पन्न हुन्छ। अनि उसलाई मायाको उही एकोहोरो शैली मन पर्न छोड्छ। अहिले युट्युब, ट्विटर, भाइबर, ह्वाट्सएप र फेसबुकले त्यस्तो मानसिकता भएका व्यक्तिलाई सहज बनाइदिएको छ।

४० कटेपछि रमाउँला भन्ने उमेरका अधिकांश पुरुष के छ र ? बोल्दिम् न, २–४ दिन घुमाइदिम्न भन्ने लहैलहैमा लाग्दालाग्दै सम्बन्ध यति गम्भीर भइसकेको हुन्छ कि त्यो सम्बन्धमा रहने दुवैजनाले नै भेउ पाउँदैनन्। विस्तारै कुरा परिवार र समाजतिर फैलिँदै जान्छ अनि मात्र पानीमाथिको ओभानो भएर टाढिने अनेक उपाय रच्छन्। अनि निम्तिन्छन् दुःखद दुर्घटना। सामाजिक सञ्जाललाई सदुपयोग गरौं दुरुपयोग नगरौं।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.