अखेटोपहारसहित दुई पक्राउ

अखेटोपहारसहित दुई पक्राउ

धादिङ : जिल्ला प्रहरी कार्यलय धादिङले शंकास्पद अखेटोपहारसहित २ जना पक्राउ गरेको छ। नीलकण्ठ नगरपालिका वडा नं ११ ज्यामरुङमा गैंडाको खाग लुकाइ राखिएको छ भन्ने सूचनाको आधारमा छापा मार्दा शंस्कापद वस्तु भेटिएपछि २ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलय धादिङले जानकारी दिएको छ।

पक्राउ पर्नेमा नीलकण्ठ ११ का जीवनाथ बोहोरा र रामबहादुर धमला रहेका छन्। पक्राउ परेकालाई जिल्ला अदालत धादिङबाट १० दिनको म्याद थप गरी अनुसन्धान भइरहेको  छ। अखेटोपहारलाई वन कार्यालयको जिम्मा लगाइएको छ । 

बरामद गरिएको अखेटोपहारको नमूना परीक्षणको लागि शील लगाएर विधि विज्ञान प्रयोगशाला ललितपुर पठाइएको डिभिजनल वन अधिकृत रामहरि सेढाइले जानकारी दिए। 'हामी पनि अनुसन्धान गर्दैछौं, सहायक वन अधिकृतको संयोजकत्वमा छानविन र अनुसन्धान भइरहेको छ।'

हात्तीको दाह्राजस्तै देखिने १३ सेन्टिमिटर लम्बाई र ९ सय ७५ ग्रामको एउटा अखेटोपहार र कछुवाको खपटाजस्तै देखिने १ सय ४ ग्रामको खैरो रङगको खगौतो बरामद भएको वन अधिकृत सेढाइले जानकारी दिए। कुन जनावरको कुन अङग वा कस्तो प्रकारको अखेटोपहार हो भनेर विधि विज्ञान प्रयोगशालाबाट मात्रै प्रमाणित हुने सेढाइले बताए।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.