हत्या आरोपमा चार पक्राउ
![हत्या आरोपमा चार पक्राउ](https://annapurnapost.prixacdn.net/media/albums/arrested_20180911053149_Ce6XRqj7MD.jpg)
दाङ : दाङ प्रहरीले हत्या अभियोगमा चार जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय दाङले सुबास पुन मगरको हत्या गरेको आरोपमा चार जनालाई पक्राउ गरेको हो। प्रहरी सन्तोष घर्ती, बादल शाह, अशोक घर्ती र बिपी पुनलाई पक्राउ गरेको हो।
घोराही उपमहानगरपालिका—१३ तुरुन्तपुरका सुवास पुनका परिवारले दिएको जाहेरीका आधारमा उनीहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ।
कार्तिक ३० गते प्यूठानको स्वर्गद्वारी घुम्न गएका पुनको शव पुस २ गते घोराही उपमहानगरपालिका—१९ को सैघामा भेटिएको थियो। पुनको शव राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको छ।
सँगै घुम्न गएका अन्य चारजना साथीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख बेलबहादुर पाण्डेले जानकारी दिए।
परिवारले जिल्ला प्रहरी कार्यालय दाङमा चार जनाको नाममा किटानी जाहेरी दिएपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेर अनुसन्धान सुरु गरेको हो।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)