एउटै नम्बरका दुई मोटरसाइकल

एउटै नम्बरका दुई मोटरसाइकल

विराटनगर : विराटनगरमा बिहीबार दिउँसो एउटै नम्बर प्लेटका दुईा एभेन्जर मोटरसाइकल भेटिएका छन्। दुबै मोटरसाइकल जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङमा अनुसन्धानका लागि राखिएका छन्। 

विराटनगर ९ का दीपकराज जोशीले आफ्नो मोटरसाइकल नम्बर अर्को मोटरसाइकलमा पनि देखेपछि प्रहरीलाई खबर गरेका थिए। जोशीले को १६ प ४६१४ नम्बरको एभेन्जर मोटरसाइकल चलाउँदै आएका थिए। 

प्रहरीले जोशीले दिएको सूचनाका आधारमा विराटनगर ९ हिमालय हल अगाडिबाट को १६ प ४६१४ नम्बरको अर्को मोटरसाइकल नियन्त्रणमा लिएको हो। सडकमा पार्किङ गरिरहेको अवस्थामा मोटरसाइकल फेला परेको हो। मोटरसाइकल कसले पार्किङ गरेको थियो भन्ने बारेमा भने खुल्न नसकेको प्रहरीले जनाएको छ। 

‘मेरै जस्तो नम्बर प्लेट भएको अर्को पनि मोटरसाइकल बजारमा चल्ने गरेको जानकारी दुई सातादेखि पाइरहेको थिएँ,’ जोशीले भने, ‘आज (बिहीबार) बजारमा पार्किङ गरिरहेको देखेपछि प्रहरीलाई खवर गरेको हुँ।’ 

आफूले चलाउने मोटरसाइकल भने यातायात व्यवस्था कार्यालयमा दर्ता रहेको उनले सुनाए। जोशीले चोरीमा संलग्नले अर्को नम्बर लगाउने क्रममा आफूले चलाउने गरेको मोटरसाइकलको नम्बर परेको हुन सक्ने बताए। 

‘मोटरसाइकल पार्किङ गरेर एक युवा पसलमा छिरेको जानकारी पाइयो,’ मोरङ ट्राफिक प्रमुख प्रहरी निरीक्षक शिवकुमार पोखरेलले भने, ‘हामीले खोजी कार्य जारी राखेका छौँ।’

उक्त मोटरसाइकलको खोजी गर्दै बिहीबार साँझसम्म कोही पनि ट्राफिक कार्यालयमा नआएको उनले बताए। पोखरेलले दुबै मोटरसाइकलको नम्बर प्लेट मिले पनि इन्जिन र चेसिस नम्बर भने फरक–फरक रहेको बताए। 

प्रहरीलाई खवर गर्ने जोशीको मोटरसाइकलका सबै कागजपत्र चुस्त दुरुस्त भेटिएको प्रहरकिो भनाइ छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.