भैरहवा फाइनलमा

भैरहवा फाइनलमा

काठमाडौं : शरद भेषावकरको कप्तानीमा रहेको भैरहवा ग्लाडिएटर्स एभरेस्ट प्रिमियर लिग (ईपीएल) क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बिहीबार भएको दोस्रो क्वालिफायर खेलमा काठमाडौं किङ्स इलाभेनलाई ६ विकेटले पराजित गर्दै भैरहवा उपाधि नजिक पुगेको हो । भैरहवाले उपाधिका लागि शनिबार हुने खेलमा ललितपुर प्याट्रियट्ससँग प्रतिस्पर्धा गर्नेछ ।

ललितपुर यसअघि नै फाइनल पुगिसकेको छ । शरद नेतृत्वको टोलीले नेपालमा आयोजना हुने ईपीएलसहित तीन ठूला फ्रान्चाइज प्रतियोगिता धनगढी प्रिमियर लिग (डीपीएल) र पोखरा प्रिमियर लिग (पीपीएल) को पाँच संस्करणमध्ये चौथो पटक फाइनल खेल्न लागेको हो । शरदले नेतृत्व गरेको विराटनगर किङ्सले सन् २०१७ को डीपीएल, पोखरा पल्टनले सन् २०१८ को पीपीएल र ईपीएलको गत वर्ष भएको पहिलो संस्करणको फाइनल खेलेको थियो । संयोगले यी तीनै फाइनलमा शरदले पारस खड्का नेतृत्वको टोलीसँग उपाधि भिडन्त गरेको थियो । त्यसमध्ये डीपीएल र गत वर्ष ईपीएलको फाइनलमा पराजित भएको शरदको टोलीले पीपीएलमा भने त्यसको बदला लिएको थियो ।

त्यही लयलाई कायम राख्दै शरदको टोलीले जारी ईपीएलमा पनि फाइनलको यात्रा तय गरेको हो । बिहीबार त्रिवि क्रिकेट मैदानमा टस हारी पहिले ब्याटिङ गरेको काठमाडौंले निर्धारित ओभरमा सबै विकेट गुमाउनु अघि एक सय रनको योगफल तय गरेको थियो । जवाफमा भैरहवाले १७ ओभरमै केवल चार विकेट गुमाएर जित निश्चित गरेको हो ।

भैरहवाको जितमा बलिङतर्फ युवा खेलाडी कुशल मल्लले आफ्नो सशक्त प्रदर्शनलाई निरन्तरता दिए भने ब्याटिङतर्फ डच खेलाडी र्‍यान टेन डोस्काटेले ३८ बलमा ४५ रन तथा भारतीय खेलाडी रभी इन्दर सिंहले १९ बलमा ३१ रनको योगदान दिए । डोस्काटेले आफ्नो पालीमा पाँच चौका प्रहार गर्दा रभीले एक छक्का र तीन चौका प्रहार गरे।

त्यस अघि कुशल एक्लैले महŒवपूर्ण तीन विकेट लिँदा काठमाडौं सस्तो योगफलमा समेटिन पुगेको थियो । चार ओभर बलिङ गरेका उनले मात्रै २० रन खर्चिएका थिए । कुशलले अमित       श्रेष्ठ, केभिन ओब्राइन, नरेश बुढाऐरजस्ता काठमाडौंका मुख्य ब्याट्सम्यानलाई आउट गराएका थिए । अघिल्लो दिन इलिमिनेटरमा ब्याटिङतर्फ रोहित पौडेलसँग महŒवपूर्ण साझेदारी गर्दै भैरहवालाई दोस्रो क्वालिफायरमा पुर्‍याएका कुशलले बिहीबार बलिङतर्फ सशक्त प्रदर्शन गर्दै टोलीलाई फाइनलसम्म पुर्‍याए ।

सोही प्रदर्शनबाट उनी म्यान अफ दी म्याचसमेत चुनिए । ‘दाइहरूले राम्रो खेल्नुपर्छ भनेर हौसला दिइरहनुभएको थियो । खेल पनि राम्रै भयो’, टोलीको जितमा योगदान पुर्‍याउँदा खुसी लागेको छ । साथै अझै राम्रो गर्न सक्छु भन्ने हौसला पनि बढेको छ ।

उनीसँगै संयुक्त अरब इमिरेट्स (यूएई) का खेलाडी मोहम्मद नाभिदले समेत काठमाडौंको दुई विकेट लिएका थिए । काठमाडौंका लागि सन्दीप रजालीले २६ बलमा जाडेको २७ रन नै सर्वाधिक रह्यो । उनले आफ्नो पालीमा एक छक्का र एक चौका प्रहार गरेका थिए । त्यसपछि प्रदीप साहुले २२ बलमा २५ तथा अमित       श्रेष्ठले १३ रन जोड्दा अन्य खेलाडीले भने दोहोरो अंकमा रन जोड्न सकेनन् ।

हार पछि काठमाडौंका कप्तान रोहन मुस्तफाले भैरहवाको बलिङ थेग्न नसक्दा पराजित हुनु परेको प्रतिक्रिया दिए । ‘आज भैरहवाले निक्कै सशक्त बलिङ गरे । हामीले उनीहरूको बलिङ अघि राम्रो ब्याटिङ गर्न सकेनौं’, मुस्तफाले भने, ‘यद्यपि प्रतियोगिता अवधिभर सबै खेलाडीले उत्तिकै सशक्त प्रदर्शन गरे । सबैले मेहनत गरे । त्यसमा खुसी छु ।’

भैरहवाका कप्तान शरदले कुशलको खेलको प्रशंसा गरे । ‘हामीले कुशललाई इमर्जिङ खेलाडीका रूपमा ल्याएका हौं । यसको       श्रेय शक्ति (गौचन) दाइले जान्छ की मैले सुनेअनुसार उहाँले दैनिक दुई÷तीन घण्टा कुशललाई दिएर सिकाउनु भएको थियो’, शरदले भने, ‘हिजा र आजको दुवै खेलमा कुशलले सशक्त प्रदर्शन गरेर आफ्नो क्षमता प्रदर्शन पनि गरिसकेका छन् । अब फाइनलमा सशक्त प्रदर्शन गर्दै उपाधि जित्ने प्रयास गर्नेछौं ।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.