गाई भैँसीलाई सुत्केरी भत्ता

गाई भैँसीलाई सुत्केरी भत्ता

भरतपुर : रत्ननगर नगरपालिकाले ७५ वटा गाई भैँसीलाई सुत्केरी भत्ता दिएको छ। साउन र भदौ महिनामा ब्याएका गाई भैँसीलाई बिहीबार सुत्केरी भत्ता दिइएको हो।  रत्ननगर नगरपालिकाका प्रमुख नारायण वनले पशुपालक किसानलाई सुत्केरी भत्ता स्वरुप जनही ५०० रुपैँया वितरण गरेका हुन्।

सुत्केरी पशुलाई पौष्टिक आहार खुवाउन रत्ननगर नगरपालिकाले आर्थिक वर्ष २०७५/७६ को नीति तथा कार्यक्रममा  २० लाख बजेट विनियोजन गरेको थियो। सुत्केरी भत्तास्वरुप वितरण गरिएको रकम पर्याप्त नभएकाले आगामी वर्ष त्यसलाई वृद्धि गरिने नगरप्रमुख वनले जानकारी दिए। उनले किसानलाई पशुपालनका लागि प्रोत्साहन र पशुको सम्मानका लागि भत्ता वितरण गरिएको उल्लेख गरे। 

नगरका वडा नं १, ४, ६, ७, ८ का ४१ र झुवानीका ३२ किसानले पालेका ३४ सुत्केरी पशुलाई भत्ता दिइएको नगरपालिकाका पशुपछी शाखा प्रमुख शालिग्राम पौडेलले जनाकारी दिए। उनकाअनुसा रत्ननगरमा वार्षिक ६ हजार गाई भैँसीमा कृत्रिम गर्भाधान हुने गरेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.