बीसीजी खोप लगाउँदा एक महिने शिशुको मृत्यु

बीसीजी खोप लगाउँदा एक महिने शिशुको मृत्यु

इनरुवा : सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–३ शिवगञ्ज टोलमा बीसीजी खोप लगाउँदा एक महिने शिशुको बिहीबार मृत्यु भएको छ। खोपका कारण स्थानीय शिवु खत्वेको एक महिने छोरा शिवमको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुँयालले जानकारी दिए।

शिशुलाई दिउँसो १ बजेको समयमा स्वास्थ्यचौकी भोक्रहाबाट खटिएकी अनमी गोमा ढकालले बीसीजी खोप लगाएकी थिइन्। खोप लगाएको केही समयपछि बेहोस भएका शिशुलाई जिल्ला अस्पताल लगिएपनि उनको उपचारकै क्रममा मृत्यु भएको फुँयालले जानकारी दिए।

शिशुको मृत्यु भएपछि पीडित परिवारसहित आक्रोशित स्थानीयबासीको भीडले स्वास्थ्यचौकीमा नाराजुलुस गर्नुका साथै स्वास्थ्यकर्मीमाथि हातपातको प्रयास गरेका थिए । खोप लगाउने अनमी ढकाललाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेकोे छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.