बहुविवाहमा दोषी ठहरिएका दम्पती १७ वर्षपछि पक्राउ

बहुविवाहमा दोषी ठहरिएका दम्पती १७ वर्षपछि पक्राउ

स्याङ्जा : बहुविवाहको मुद्दामा अदालतबाट सजाय तोकिएपछि फरार एक दम्पत्तीलाई प्रहरीले १७ वर्षपछि पक्राउ गरेको छ। बहुविवाहका दोषी स्याङजाका ढकाल दम्पतीलाई प्रहरीले बिहीबार पक्राउ गरेको हो। 

स्याङ्जा जिल्ला अदालतले कैदको फैसला तोकेपछि फरार रहेका आँधीखोला गाँउपालिका-६ घर भएका ४४ वर्षीय नरहरी ढकाल र उनकी पत्नी ३५ वर्षीया जानुका ढकाल पक्राउ परेका हुन्। हाल उनीहरू पोखरा महानगरपालिका-१७ छोरेपाटन बस्दै आएको प्रहरीले जनाएको छ।  

नरहरीकी पहिली पत्नी ढाकादेवीले २०५७ मंसिरमा बहुविवाहको मुद्दा दर्ता गराएकी थिइन्। अदालतले २०५८ असारमा नरहरि र जानुकालाई एक-एक महिना कैद र एक-एक हजार जरिवाना तोकेको थियो। 

त्यसपछि फरार रहेका दुवै जनालाई बिहीबार कास्की प्रहरीले पक्राउ गरी स्याङजामा कैद भुक्तानको लागि पठाएको स्याङ्जा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.