सिङ्गै दुईवटा बस्ती व्यक्तिको नाममा, स्थानीय अन्योलमा

सिङ्गै दुईवटा बस्ती व्यक्तिको नाममा, स्थानीय अन्योलमा

परासी :  पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिका-६ का दुईवटा बस्तीहरु व्यक्तिको नाममा रहेको पाइएको छ। साविक सनई गाविस-२ स्थित सनई बस्ती र वडा नं. ८ को पडरी गाउँको अर्को बस्तीको जग्गा व्यक्तिका नाममा कायम रहेको पाइएको हो।  

वर्षौदेखि जोतभोग र पक्की घरसमेत निर्माण गरी बस्दै आएका स्थानीयहरुले केही महिना अघिमात्र आफूहरु बसोबास गरेको जग्गा अर्कैको नाममा रहेको जानकारी पाएका हुन्।  
साविक सनई गाविस-२ सनई बस्तीमा ९५ घर छन्। तीमध्ये ८९ घर व्यक्तिको नाउँमा रहेको जग्गामा बसोबास गरेको पाइएको छ। त्यसैगरी पडरी गाउँमा बसोबास गर्ने २० परिवारको घर पनि व्यक्तिको नाममा रहेको पाइएको छ। 

 

तत्कालीन गाउँ पञ्चायतले बस्तीहरुमा बसोबास गर्ने घर परिवारलाई ‘घर घडेरीको दर्ता प्रमाण पूर्जा’ (गाउँ÷ब्लक जग्गा)को प्रमाण दिइएको छ। तर प्रमाणको आधारमा जग्गा आफ्नो नाउँमा नभएपछि स्थानीयहरु अन्योलमा पर्नुकासाथै चिन्तित बनेका छन्। करीब वर्ष अगाडी तत्कालीन समयमा फिल्ड बुक नै नहेरी जग्गाको प्रमाण दिँदा हाल स्थानीयहरु समस्यामा परेका हुन्। 

साविक सनई-२ को सनई बस्तीमा बसोबास गर्ने ८९ घरको क्षेत्रफल २ बिगाहा १० कट्ठा ५ धुर छ। २०२४ सालमा नापी हुँदा उक्त जग्गा पति थारुको छोरा भोनु चौधरीको नाममा फिल्ड बुकमा कायम छ। उक्त जग्गा सनई-२ ‘ख’ कि.नं ३३५ मा चौधरीको नाममा फिल्ड बुकमा कायम छ। 

व्यक्तिको नाउँमा कायम रहेको जग्गालाई तत्कालिन गाउँ पञ्चायतले दिएको जग्गा प्रमाण पूर्जा । तस्बिर : हरि शर्मा

अहिले नापी कार्यालयले जिल्लामा रहेका गाउँ÷ब्लकका जग्गाको नाप नक्सा गरी सम्बन्धित व्यक्तिलाई जग्गा धनी प्रमाण पूर्जा वितरण गर्न लगत संकलन गरिरहेको छ। सोही लगत संकलनका क्रममा फिल्ड बुकमा उक्त जग्गा व्यक्तिको नाममा रहेको पाइएपछि नापी कार्यालयले सम्बन्धित व्यक्तिलाई जग्गा धनी पूर्जा दिन नसक्ने जनाएको छ। त्यसपछि मात्र स्थानीयले आफूहरु बसोबास गरेको जग्गा व्यक्तिको नाममा रहेको चाल पाएका हुन्। 

सनई बस्तीका ती घर परिवारलाई २०२२ सालदेखि जग्गा धनीको पूर्जा तत्कालीन गाउँ पञ्चायतका अध्यक्ष र गाविस अध्यक्षहरुले दिदैं आएका छन्। गाउँ÷ब्लकको प्रमाण दिने तत्कालीन गाउँ पञ्चायतका अध्यक्ष राजनारायण चौधरी र गाविस अध्यक्ष राजेन्द्र सहानीको जग्गासमेत व्यक्तिकै नाउँमा रहेको जग्गामा छ। 

उक्त जग्गामा स्थानीयहरु आठ पुस्तादेखि बसोबास गर्दै आएका छन्। नापी कार्यालयले जग्गा धनी पूर्जा वितरणका लागि लगत संकलन गर्न आउने क्रममा मात्र आफू बसोबास गरेको घर व्यक्तिको जग्गामा रहेको जानकारी पाएको स्थानीय भागवत प्रसाद केवटले बताए। फिल्ड बुकमा व्यक्तिको नाउँमा रहेको पाइएकोले त्यसलाई बदर गरी तत्कालिन समयमा दिएको प्रमाणको आधारमा पूर्जा पाउनु पर्ने स्थानीयको माग छ। 

फिल्ड बुकमा जग्गाधनी कायम गरिएका चौधरीका छोरा रमाशंकरले जग्गाबारे भने केही प्रतिकृया जनाएनन्। 

पाल्हीनन्दन गाउँपालिकाका अध्यक्ष दीपक गुप्ताले भुलबस फिल्ड बुकमा व्यक्तिको नाउँ पर्न गएको देखिएकाले त्यसलाई सच्चाएर सम्बन्धित व्यक्तिलाई पूर्जा उपलव्ध गराउनु पर्ने बताए। उनले उक्त समस्या गाउँपालिका र जिल्लाबाट समाधान नहुने भएकाले स्थानीयहरुको जग्गाको प्रमाणसहित अन्य कागजपत्रहरु संकलन भइरहेको र छिट्टै नै   विभाग र मन्त्रालयमा पुगेर समाधानका लागि पहल गर्ने उनले जानकारी दिए। 

पाल्हीनन्दन गाउँपालिका–६ पडरीमा बसोबास गरेका स्थानीयले जग्गाधनीबाट किनेको जग्गाको नगदी रसिद (नगदी होण्डा) ।  तस्बिर : हरि शर्मा


नापी कार्यालय परासीका सर्वेक्षक सुशील शाहले फिल्ड बुकमा व्यक्तिको नाउँ देखिएकाले गाउँ÷ब्लकको जग्गा भएपनि प्रमाण दिन नसकिएको बताए। जिल्लाबाट समस्या समाधान गर्न नसकिने भएकाले सबै कागजपत्रसहित छानबिनका लागि विभागमा पत्र पठाएको शाहले जानकारी दिए। मालपोत कार्यालय परासीका नायब सुब्बा बुद्धिसागर तिवारीले फिल्ड बुकमा जसको नाम छ उसैको नाममा जग्गा दर्ता हुने प्रावधान रहेको बताए।

 त्यसका लागि जग्गाहरुको छुट कित्ता दर्ता हुने समयमा सम्बन्धित धनीले प्रकृया पु¥याएर निवदेन दिनुपर्ने तिवारी जनाए। कानुनी रुपमा गाउँ÷ब्लकभन्दा पनि फिल्ड बुकलाई मान्यता पाउने मालपोत कार्यालयले जनाएको छ। 

त्यसैगरी पडरी गाउँका २० घर बसोबास गर्दै आएको एक बिगाहा-८ कट्ठा साढे १२ धुर जग्गा प्रेमशरण खत्रीको नाममा रहेको देखिएको छ। उक्त जग्गामा बसोबास गर्ने परिवारलाई तत्कालीन गाविस अध्यक्ष राजेन्द्र सहानीले ‘घर घडेरी दर्ता श्रेस्ता ’कायम गरी जग्गाको प्रमाण दिएका थिए। 

खत्रीले भने उक्त जग्गासहित ३४ बिगाहा जग्गा अदालती व्यवस्थाको ३ नंम्बर बमोजिम अदालतले फुकुवा गरेपछि आफ्नो नाममा गरेका छन्। अदालतको आदेशअनुसार मालपोत कार्यालयसमेत उक्त सबै जग्गा खत्रीको नाममा पूर्जा बनाएर दिइएको छ।

 पूर्जाको आधारमा उक्त जग्गा खत्रीले चार जनाको नाममा बेचबिखन गरेका छन्। स्थानीय जोखन सैथवारले जग्गाधनी खत्रीलाई आफूहरु बसोबासगर्दै आएको जग्गाको ‘नगदी होण्डा’ (तत्कालीन समयमा नगद दिइर जग्गा खरिद) बुझाएको बताए। नगद दिएर किनेको प्रमाण हुँदा-हुँदै खत्रीले झुक्याएर बस्ती नै बिक्री गरेको सैथवारले जानकारी दिए। घर भएको जग्गा प्रतिकट्ठा १० देखि १५ हजारसम्म नगद दिएर खत्रीसँग खरिद गरेको स्थानीयको भनाई छ।

मालपोत कार्यालयबाटै पास भएको उक्त जग्गामा बसोबास गरेका घर परिवार अहिले अन्योलमा छन्। ६५ घर परिवारले ३४ बिगाहा क्षेत्रफलको जग्गामा जोतभोग गर्दै आएका वडाअध्यक्ष कृष्णचन्द्र यादवले बताए। स्थानीयले अहिले बसोबासगर्दै आएको जग्गा व्यक्तिको नाममा दर्ता भएकाले बदर गरी गाउँ÷ब्लकको प्रमाणका आधारमा जग्गा पाउनुपर्ने भन्दै सम्बन्धित निकायमा निवदेन दिएको अहमद अन्सारीले बताए। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.