किङ अफ टीभी ‘गेम अफ थ्रोन’

किङ अफ टीभी ‘गेम अफ थ्रोन’

किङ अफ टीभीको रूपमा एकछत्र राज गरिरहेको ‘गेम अफ थ्रोन’ सन् २०१९ अगावै टुंगिँदै छ। यो टीभी सिरिजको अन्त्य हुन लागेसँगै टेलिभिजनको अर्को किङको खोज्ने दौडधुप सुरु भएको छ।

नेटफ्लिक्स र यमजोनजस्ता स्ट्रिमिङ सेवाहरू र सीबीएसजस्ता अधिक पारम्परिक नेटवर्क अर्को शृंखला खोज्न लाखौं डलर खर्च गरिरहेका छन्। तर यो काम त्यति सहज देखिएको छैन। संसारभर सर्वाधिक खोजी गरिएको र हेरिएको ‘गेम अफ थ्रोन’ जस्तो अर्को टीभी सिरिज पाउने विषय यी च्यानलहरूका लागि राजनीतिक सत्ताको खेल जस्तै बनेको छ।

सन् २०११ मा एचबीओ च्यानेलमा गेम अफ थ्रोनको प्रिमियर भएको थियो। त्यतिबेला टीभी च्यानलमा प्रतिस्पर्धा कम थियो। स्ट्रिमिङ सेवाहरू पनि कम थिए। हाल यस्तो कार्यक्रम हात पार्न च्यानलहरू आफैं लाखौं खर्च गर्न पछि पर्दैनन्। मोफेटन्याथन्सनका संस्थापक तथा मिडिया विश्लेषक माइकल न्याथन्सन भन्छन्, ‘हामी एक महान् सोका लागि पाँच सय सोहरूलाई अस्वीकार गर्दैछौं।’ नेटवर्कमा सब्सक्राइबर्स र क्लाउड स्टोरेज अधिक रूपमा बढ्ने भएकाले यसो गरिएको उनले बताए।

गेम अफ थ्रोन एक आकर्षक कहानीका साथै इमर्सिव (थ्री डाइमेन्सन मेथड प्रयोग भएको) र भिन्न दुनियाँले भरिएको छ। साथै यो अत्यधिक बजेट खर्च गरी बनाइएको सिरिज हो। त्यसैले दर्शकले केबल र स्ट्रिमिङ सेवाहरूमा रहेका सयौं कार्यक्रमबाट यसलाई छनोट गर्न बाध्य हुन्छन्।

वार्नर मिडियाका सीईओ जोन स्टैंकीले भनेका छन्, एचबीओले अझै अधिक आकर्षक सामग्री बनाएर आफ्नो ग्राहक संख्यामा वृद्धि गर्न आवश्यक छ।

(एचबीओ वार्नर मिडियाको स्वामित्वमा छ )

न्युयोर्क टाइम्सका लागि अन्तर्वार्ता दिँदै उनी भन्छन्, दर्शक आफ्नो अधिक समय एचबीओद्वारा प्रसारित कार्यक्रम हेर्न खर्च गरिरहेका छन्। यसलाई कायम राख्न सक्नुपर्छ। नाथन्सनका अनुसार स्ट्रिमिङ सेवाहरू अहिले हिट साबित भएको देखिए पनि ग्लोबल अडियन्सलाई व्यस्त राख्न अझै राम्रा सामग्री जुटाउनुपर्ने देखिन्छ।

अमेजोन ले ‘स्क्रिन अफ लर्डस्’ लाई सानो पर्दामा ल्याउँदै छ। यसले पाँच सय मिलियन डलरसम्म संकलन गर्न सक्ने बताइएको छ। आफ्नो नयाँ स्ट्रिमिङ सेवाको लागि डिज्नीमा ‘स्टार वार्स’ शृंखला ल्याइने भएको छ। जसको १० एपिसोडको लागि सय मिलियन डलर बजेट तय गरिएको छ। यी दुवै फ्रेन्चाइजले बक्स अफिसमा अर्बौंका डलर बनाएका छन्। तर जुरी मेम्बरहरू अझै शंका गर्दै छन्। के यी टीभी सिरिजहरूले ‘गेम अफ थ्रोन’को जस्तो सफलता बटुल्न सक्ला ?
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.