कपुर परिवारसँग नजिकिँदै आलिया

कपुर परिवारसँग नजिकिँदै आलिया

अभिनेता रणवीर कपुर र नायिका आलिया भट्ट अहिले बलिउडमा चर्चाको विषय बनेका छन् । रणवीर र आलिया मात्रै नभई दुवैका परिवारसमेत यी जोडीको सम्बन्धमा खुसी छन् । रणवीरले आलियालाई परिवारको नजिक ल्याउन उनलाई आफ्नो फेमिली च्याट ग्रुपमा पनि सामेल गरिसकेका छन् । रणवीरले यो ग्रुपमा ऋषि कपुर, नीतु कपुर, रिद्धिमा कपुर साहनी र रीमा जैनलाई समावेश गरेका छन् ।

रणवीरको यो कदमले आलिया चाँडै नै कपुर खानदानको बुहारी बन्दैछिन् भन्ने अड्कल गर्न सकिन्छ । आलियालाई रणवीरको पारिवारिक भोजमा पनि कैयौंपटक देखिसकिएको छ । केही समयपहिले उनी रणवीरका पिता ऋषि कपुरलाई भेट्न लन्डनसमेत पुगेकी थिइन् । उनकी आमा सोनी राजदानले कपुरसँग उनको सम्बन्ध करिब पक्का भइसकेको बताएकी छन् ।

त्यसैगरी आलियाका पिता महेश भट्टले पनि आफूलाई रणवीर मन परेका कारणले यो सम्बन्ध अगाडि बढाउने बारेमा बताएका थिए । फिल्म ‘ब्रह्मास्त्र’को सेटमा यी दुई नजिकिएका हुन् । यसैको छायांकन अवधिमा यी दुईबीच प्रेमसम्बन्ध गाँसिएको थियो ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.