आत्महत्या गरिरहेका युवकलाई रेडियो प्रस्तोताले चमत्कारिक रुपमा बचाए यसरी

आत्महत्या गरिरहेका युवकलाई रेडियो प्रस्तोताले चमत्कारिक रुपमा बचाए यसरी

लण्डन : बेलायतमा एकजना रेडियो प्रस्तोताले प्रत्यक्ष प्रशारणबाटै आत्महत्या गरिरहेको अवस्थाबाट एक व्यक्तिलाई बचाएका छन् । लायन ली नाम गरेका रेडियो प्रस्तोताले चलाखीपूर्ण रुपमा आफ्नो फोन कलरलाई बचाएका हुन् ।

क्रिस नामका एक पुरुषले ड्रग्सको ओभरडोज लिएर रेडियो प्रस्तोता लायनलाई आफू अबको केही बेरमै मर्ने भन्दैफोन गरे । लायनले ३० मिनेटसम्म ती पुरुषसँग कुराकानी गरिरहे ।

यस क्रममा लायनले उनलाई प्रेरणादायी वाक्य बोलेरै अनेक प्रयत्न गरे । उनी रहेको ठाउँ पत्ता लगाए र कस्तो अवस्थामा रहेको सबै बुझिसकेका थिए ।

लायनले फोनमा भनेका थिए, ‘ठ्याक्कै कुन गल्लीमा बस्छौ तिमी ? म तिमी यो रातभर रहेको देख्न चाहन्छु र भोलि मसँग कुरा गर भन्ने चाहन्छु । तिमी यही रात मरेको देख्न चाहन्नँ म । किनकी म तिमीलाई माया गर्छु । म तिमीलाई माया गर्छु भाइ । म तिमीलाई माया गर्छु !’

यसरी लालित्यपूर्ण कुरामै क्रिसलाई अलमल्याएर उद्धारकर्मी त्यहाँ पठाउन चाहन्थे लायन । यही क्रममा लायनका प्रोड्युसरले आपतकालिन सेवाका लागि फोन गरेर क्रिसको ठाउँ र हुलियाबारे जानकारी गराए । केही बेरमै प्रहरी अधिकारीहरु क्रिसलाई बचाउन पुगे । अन्ततः एकजना रेडियो प्रस्तोताकै पहलमा क्रिसको उद्धार भयो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.