भक्तपुरमा दुर्घटना एकको मृत्यु, ११ घाइते

भक्तपुरमा दुर्घटना एकको मृत्यु, ११ घाइते

भक्तपुर : भक्तपुका दुई छुट्टाछुट्टै ठाउँमा शुक्रबार भएका सडक दुर्घटनामा एकजनाको मृत्यु भएको छ। अन्य एघारजना घाइते भएका छन्।

महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार भक्तपुर नगरपालिका ६ ठूलो व्यासीमाना ७ ख १६४७ नम्बरको कन्टेनर गाडीले बा ९३ प २५९२ नम्बरको स्कुटीलाई ठक्कर दिँदा एकजनाको ज्यान गएको हो।

स्कुटीको पछाडि सवार काभ्रे बनेपा नगरपालिका नासिकास्थान घर भई हाल काठमाडौंको सामाखुी बस्ने वर्ष २३ की कविता तामाङको ज्यान गएको परिसरका प्रवक्ता प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलले जानकारी दिए।

उनका अनुसार एउटै दिशातर्फ गुडिरहेका सवारीमध्ये कन्टेनरले स्कुटीलाई पछाडिबाट ठक्कर दिएको थियो। कन्टेनरको ठक्करबाट घाइते तामाङलाई उपचारको लागि भक्तपुर अस्पताल पु¥याइएको थियो। उपचारकै क्रममो उनको मृत्यु भएको प्रनाउ पोखरेलले जानकारी दिए।

उनले स्कुटी चालक मकवानपुरको बागमती गाउँपालिका फापरबारी घर भई हाल काठमाडौंको बालाजु बस्ने २७ वर्षीया नानुमाया वाइबाको ललितपुरको ग्वार्कोस्थित बी एण्ड बी अस्पताल ललितपुरमा उपचार भइरहेको छ।

कन्टेनर चालक मकवानपुरको थाहा नपा २  बस्ने ३४ वर्षीय जीवनकुमार थापा र दुइटै सवारीसाधन परिसरको नियन्त्रणमा छन्।

परिसरका अनुसार बिहीबार नै अरनिको राजमार्गअन्तर्गत सूर्यविनायक नगरपालिका ८ जगातीमा काठमाडौंबाट बनेपातर्फ जाँदै गरेको बा २ ख ७२७३ नम्बरको बस अचानक आफै अनियन्त्रित भई दुर्घटना हुँदा बसमा सवार १० जना घाइते भएका छन्।
घटनालगत्तै प्रहरीले उद्धार गरी घाइतेलाई उपचारको लागि भक्तपुर अस्पताल र डा.इवामुरा मेमोरियल अस्पताल सल्लाघारी पुर्‍याइएको प्रहरी नायब उपरीक्षक पोखरेलले जानकारी दिए।

उनीहरुको सम्बन्धित अस्पतालमै उपचार भइरहेको छ। बसका चालक भने फरार रहेको र उनको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ।
  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.