बिग बासको डेब्यू खेलमा सन्दीपको दुई विकेट

बिग बासको डेब्यू खेलमा सन्दीपको दुई विकेट

काठमाडौं : अस्ट्रेलियन बिग बास लिगको आफ्नो पहिलो खेलमै नेपाली बलर सन्दीप लामिछानेले दुई विकेट लिएका छन् । शुक्रबारबाट सुरु भएको बिग बासको पहिलो खेलमा सन्दीपले आफ्नो टोली मेलबर्न स्टार्सका लागि दुई विकेट लिएका हुन् । चार ओभर बलिङ गरेका सन्दीपले ३६ रन दिएर महत्वपूर्ण दुई विकेट लिएका थिए । सिड्नी थन्डरका कप्तान सेन वाटसनलाई व्यक्तिगत २२ रनमा आउट गरेका सन्दीपले त्यसपछि क्यालम फर्गुसनको विकेट लिएका थिए ।

सन्दीपले प्रभावशाली प्रदर्शन गरे पनि उनको टोली डकवर्थ एन्ड लेविस नियमका आधारमा १५ रनले पराजित भयो । क्यानबेरास्थित मनुका ओभलमा टस हारेर ब्याटिङका लागि निम्त्याइएको सिड्नीले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर एक सय ८१ रन बनाएको थियो ।

 मेलबर्न स्टार्सले जवाफी ब्याटिङ सुरु गरेदेखि नै वर्षाले प्रभावित भएपछि खेल आठ ओभरमा छोट्याइएको थियो । आठ ओभरमा ९० रनको विजयी लक्ष्य पाएको मेलबर्नले ६ विकेट गुमाएर ७४ रन मात्र बनाउन सक्यो ।

मेलबर्न स्टार्सका निक लार्किनले अविजित २८ रन बनाउँदा ड्वाइने ब्राभोले ११ र इभान गुल्बिसले १० रन बनाए । अन्य ब्याट्सम्यानले प्रभावशाली प्रदर्शन गर्न नसक्दा मेलबर्न स्टार्सले हार बेहोर्न बाध्य भयो । मेलबर्नलाई कम योगफलमा समेट्न सिड्नीका डानियल साम्सले तीन विकेट लिए । यसैगरी क्रिस ग्रिन, गुरिन्दर सिन्धु र नाथन म्याकएन्ड्रयुले एकएक विकेट लिएका थिए। 

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको सिड्नीका लागि ज्यासन सिङ्घाले अविजित ६३ रनको पाली खेले । यस्तै डानियल साम्सले ३४, सेन वाटसनले २२, जोस बटलरले २० र जोय रुटले १८ रन बनाए । मेलबर्नका लागि सन्दीपसँगै एडम जम्पाले  पनि दुई विकेट हात पारे । मेलबर्नले अब सोमबार होबर्ट हुरिकेन्ससँग प्रतिस्पर्धा गर्नेछ । 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.