आर्मी र एपीएफ फाइनलमा

आर्मी र एपीएफ फाइनलमा

पोखरा : दुई विभागीय टोली नेपाली सेनाको त्रिभुवन आर्मी क्लब र सशस्त्र प्रहरी बलको एपीएफ क्लब पोखरामा जारी आरबीबी एनभीए राष्ट्रिय पुरुष लिग भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन्। तेस्रो स्थानको लागि भने नेपाल पुलिस क्लबले मणिमुकुन्द भलिबल क्लब रूपन्देहीसँग प्रतिस्पर्धा गर्नेछ। त्रिभुवन आर्मी क्लब १८ अंकका साथ शीर्ष स्थानमा रहँदै फाइनलमा प्रवेश गरेको हो। एपीएफ क्लब भने १७ अंकका साथ दोस्रो स्थानमा रहँदै उपाधि नजिक पुगेको हो।

नेपाल पुलिस क्लब १६ अंकका साथ तेस्रो र मणिमुकुन्द ११ अंकका साथ चौथो स्थानमा रहे। लिगको अन्तिम खेल खेल्ने क्रममा त्रिभुवन आर्मी क्लबले नयाँबजारलाई २५–१९, २५–२०, २५–१८ ले हरायो। यसैगरी शुक्रबार नै भएको अर्को खेलमा एपीएफ क्लबले जाउलाखेललाई हरायो। एपीएफले २५–१० ले पहिलो सेटमा अग्रता लिए पनि दोस्रो सेट भने १६–२५ ले गुमायो। एपीएफले तेस्रो सेट २५–१७ र चौथो सेट २५–१२ ले जित्दै फाइनलमा स्थान पक्का गर्यो‍।

यसैगरी नेपाल पुलिस क्लबले ढोरपाटन स्पोर्ट्स क्लबलाई २५–९, २५–२०, २५–२२ को सेटमा पराजित गर्‍यो। हेल्प नेपालले लिगकै बीचमा खेल परित्याग गरेपछि त्यसको प्रत्यक्ष फाइदा मणिमुकुमन्द भलिबल क्लबलाई पुग्यो। मणिमुकुन्दले शुक्रबार हेल्प नेपालको अनुपस्थितिमा तीन अंक पाएपछि ११ अंकसहित चौथो स्थानमा रहँदै तेस्रो स्थानको लागि खेल्ने अवसर पायो।

नयाँबजार सामाजिक युवा क्लब र हेल्प नेपालले भारतीय खेलाडीलाई टोलीमा समावेश गरेका थिए। विजेता क्लबले दुई लाख र उपविजेताले एक लाख रुपैयाँ नगद पुरस्कार पाउनेछन्। तेस्रो हुने क्लबले ५० हजार रुपैयाँ पाउनेछ। प्रतियोगिताको उत्कृष्ट खेलाडीले २५ हजार रुपैयाँ हात पार्नेछ। बेस्ट स्पाइकर, बेस्ट ब्लकर, बेस्ट सेटर, बेस्ट डिफेन्स र बेस्ट सर्भरले पनि जनही पाँच हजार रुपैयाँ पुरस्कार पाउनेछन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.