घाइते सागर पुनको शल्यक्रिया : छ महिना मैदान बाहिरै
काठमाडौं : राष्ट्रिय क्रिकेट टोलीका मुख्य खेलाडी सागर पुन घाइते भएका छन्। जारी एभरेष्ट प्रिमियर लिग (ईपीएल) प्रतियोगिता खेल्ने क्रममा घाइते भएका पुनको शनिबार शल्यक्रिय भएको छ।
दायाँ खुट्टाको शल्यक्रिया गरिएका पुन अब छदेखि सात महीना मैदान बाहिरै रहने राष्ट्रिय टोलीको कप्तान पारस खड्काले जानकारी दिए।
सागरको अनुपस्थितमा राष्ट्रिय टोलीलाई निकै क्षति पुग्ने खड्काको भनाइ छ। जारी इपिएलमा काठमाडौँ किंग्स ११ बाट खेलेका सागरलाई ललितपुर प्याट्रियसविरुद्धको खेलका क्रममा बलिङ गर्दा चोट लागेको थियो। रासस