भेरीमा बेपत्ता भएको डेढ महिनापछि भेटियो अमिनाको शव

भेरीमा बेपत्ता भएको डेढ महिनापछि भेटियो अमिनाको शव

डोल्पा : गत कात्तिक १९ गते जिप दुर्घटनापछि भेरीमा खसेर हराएकी अमिना बुढाको शब फेला परेको छ । दुर्घटना भएको एक महिना १७ दिनपछि अमिनाको शव भेरी किनरामा फेला परेको हो । 

बाख्रा गोठलाले भेरीको किनारमा अमिनाको शव भेटेपछि खबर गरेको प्रहरी चौकी कालागौडाका इन्चार्ज शशीराम वलीले जानकारी दिए । 

शव अमिनाको नै भएको सनाखत उनका फुपाजु मिनराज ठकुल्लाले गरेका छन् । जिप दुर्घटना भएको स्थानबाट करिब ४ किलोमिट तल बयालचौरमा अमिनाको शब फेला परेको ठकुल्लाले बताए । 

गत कात्तिक १९ गते ठुलीभेरी नगरपालिकाको कालागौडाको बतासे डाँडामा भे १ च १६१० नम्बरको जिप दुर्घटना हुँदा १० जनाको घटनास्थलामै ज्यान गएको थियो भने अमिना बुढा बेपत्ता भएकी थिइन् । 

अमिनाको खोजीका लागि काठमाडौँबाट गोताखोर टोली मगाएर दुई हप्ता खोजी गरेपनि फेला नपेरेकी अमिनाको शब शनिबार भेरीको किनारमा फेला परेको हो ।

पानिमा डेढ महिना रहेकी अमिनाको शरिर सुन्निएको छ कपडा शरीरमै भेटिएको छ । आफन्तले अमिना नै भएको पुष्टि गरेपछि मुचुल्का उठाएर जिल्ला अस्पतालमा पोस्टमार्टमका लागि लगिएको कालागौडा प्रहरी चौकी इन्चार्ज शशीराम वलीले जानकारी दिए ।

महिनौसम्म चिसो पानीमा अमिनाको खोजीमा रहेका आफन्तले आशा मारिसकेको अवपस्थामा साढे एक महिनापछि शव भेटिएको खबरले परिवार र आफन्तलाई राहत मिलेको छ । 

जिप दुर्घटनामा ज्यान गुमाएका ११ जनाका परिवारले जनही ५ लाख पचास हजार राहत पाएका छन् । दुर्घटनामा जीवित चालक दिनेश बोहोरा हाल अनुसन्धानका लागि थुनामा छन् । 
 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.