‘सबैको योगदानले उपाधि जित्यौं

‘सबैको योगदानले उपाधि जित्यौं

पहिलो पटक फ्रेन्चाइज क्रिकेट प्रतियोगिताको उपाधि जितेकोमा खुसी लागेको छ । प्रतियोगिताको उद्घाटन खेलमा विराटनगर वारियर्ससँग पराजित भएपछिका कुनै पनि खेल नहारेरै उपाधि जित्न सफल भएका छौं । खेलाडी र कप्तानको हैसियतमा यो उपाधिमा म खुसी छु । मलाई हामी उपाधिका लागि लायक थियौं र छौं जस्तो लाग्छ ।

 किनभने जसरी खेलाडीहरूले मेहनत गरे,त्यसअनुसार सबै खेलमा राम्रो नतिजा निस्किएको थियो । हरेक खेलमा फरक÷फरक म्याच ‘विनर’ रहे । त्यसमा पनि युवा खेलाडीहरू नै रहे । यी ईपीएलको यो संस्करणले दिएको सकारात्मक पक्ष हो । दुई खेलपछि सन्दीप बीचैमा अस्ट्रेलिया गए । त्यसपछि गौरभ तोमारले पनि बलिङ गर्न पाएनन् ।

 यो कारणले हामीसँग बलरको कमी देखियो । प्रत्येक खेलमा हामीले थोरै बलरलाई लिएर खेल्यौ । फाइनलमा विशेष त्यस्तो योजना केही थिएन । कसरी हुन्छ उनीहरूलाई राम्रोसँग खेल्न नदिने नै योजना थियो । सबै खेलाडीको मेहनतमा योजनाअनुसार जित सम्भव भयो ।

ललितपुरलाई उपाधि 

ललितपुर प्याट्रियट्सले प्रतिष्ठित फ्रेन्चाइज क्रिकेट प्रतियोगिता एभरेस्ट प्रिमियर लिग (ईपीएल) को उपाधि जितेको छ । शनिबार भएको फाइनलमा भैरहवा ग्लाडिएटर्सलाई १४ रनले पराजित गर्दै ललितपुर ईपीएलको नयाँ विजेता बनेको हो ।

ललितपुरसँग पराजित हुँदा भैरहवा ईपीएलको लगातार दोस्रो संस्करणमा फाइनलमा पुगेर उपाधिबाट वञ्चित भएको छ । गत संस्करणमा पनि भैरहवा पारस खड्का कप्तानीको विराटनगर वारियर्ससँग मात्रै एक रनले पराजित हुँदै उपाधिबाट चुकेको थियो ।

कप्तानको हैसियतमा यो उपाधिमा ज्ञानेन्द्र मल्लले शरद भेषावकरसँग बदला लिएका छन् । कर्पाेरेट संरचनामा भएको ईपीएलको सन् २०१६ को संस्करणमा ज्ञानेन्द्रको कप्तानीमा रहेको कलर एक्स फ्याक्टरलाई ४० रनले पराजित गर्दै शरदले पञ्चकन्या तेजबाट उपाधि जितेका थिए ।

त्यसको तीन वर्षपछि फेरि ईपीएलकै फाइनलमा भेट हुँदा ज्ञानेन्द्र सफल भए ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारी पहिले ब्याटिङ गरेको ललितपुरले १९.१ ओभरमा सबै विकेट गुमाउनुअघि एक सय ५५ रनको योगफल तय गरेको थियो । जवाफी ब्याटिङमा आएको भैरहवाले निर्धारित २० ओभरमा नौ विकेट गुमाउँदा एक सय ४१ रन मात्रै जोड्न सक्यो ।

ललितपुरलाई विजयी बनाउन युवा बलर योगेन्द्रसिंह कार्कीले अन्तिम ओभरमा निकै किफायती बलिङ गरे । अन्तिम ६ बलमा जितका लागि १७ रन आवश्यक रहेका बेला योगेन्द्रले मात्रै दुई रन खर्चंदा दुई रन आउटसहित तीन विकेट लिएपछि ललितपुरको जित निश्चित बनेको थियो ।

त्यसअघि भारतीय ब्याट्सम्यान जयकिशन कोल्सावालाले ५२ बलमा ५७ रनको अर्धशतकीय पाली खेल्दा ललितपुरले प्रतिस्पर्धात्मक योगफल तय गरेको थियो । कोल्सावालाले आफ्नो पालीमा समान तीन छक्का र तीन चौका प्रहार गरेका थिए ।

त्यसपछि युवा ब्याट्सम्यान सन्दीप जोहराले ११ बलमै २४ रन प्रहार गर्दा अर्का प्रारम्भिक ब्याट्सम्यान गौरभ तोमारले १९ बलमा २३ रन जोडे । सन्दीपले आफ्नो पालीमा दुई छक्का र एक चौका प्रहार गर्दा तोमारले एक छक्का र तीन चौका प्रहार गरेका थिए ।

कोल्सावाला र तोमारले ललितपुरका लागि पहिलो विकेटमा ४१ रनको साझेदारी गर्दै ललितपुरलाई राम्रो सुरुआत दिएका थिए । टोलीका लागि सात÷सात बलको सामना गरेका कुशल भुर्तेल र कप्तान ज्ञानेन्द्र मल्लले क्रमशः ११ र १० रन जोड्दा अन्य खेलाडीले भने दोहोरो अंकमा रन जोड्न सकेनन् ।

बलिङतर्फ योगेन्द्रसँगै ललितपुरका ललितनारायण राजवंशीले महत्र्वपूर्ण विकेट लिँदा भैरहवा लक्ष्यसम्म पुग्नुअघि नै रोकिएको थियो ।

भैरहवाका लागि प्रारम्भिक ब्याट्सम्यान प्रदीप ऐरीले २२ बलमा ३४ रन जोड्नबाहेक अन्य खेलाडीले गतिलो प्रदर्शन गर्न सकेनन् । उनले आफ्नो पालीमा एक छक्का र चार चौका प्रहार गरेका थिए ।

त्यसबाहेक युवा खेलाडी कुशल मल्लले आठ बलमै एक छक्काको मद्दतमा १६ रन प्रहार गर्दा भारतीय खेलाडी रभिइन्दर सिंहले ३२ बलमा २९ रन जोडे । यस्तै डच खेलाडी र्‍यान टेन डोस्काटे र शरद भेषावकरले समान १४÷१४ रन जोड्दा आरिफ शेख १२ र मोहम्मद नाभिदले १० रन जोडेका थिए ।

भैरहवालाई लक्ष्यसम्म पुग्नुअघि नै रोक्नका लागि ललितले सर्वाधिक तीन विकेट लिएका थिए । ललितले चार ओभरमा १७ रन मात्रै खर्चिएका थिए । उनीबाहेक योगेन्द्रसँगै पवन सर्राफले दुई÷दुई विकेट लिएका थिए ।

भैरहवाका कृष्ण कार्कीले दुई ओभरमै १५ रन खर्चिएर तीन विकेट लिएका थिए । यस्तै मोहम्मद नाभिद र डोस्काटेले दुई÷दुई विकेट लिए पनि टोलीको जित सम्भव भएन ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.