सरकार-सिनेट विवाद : अमेरिकी सरकारी कार्यालय आंशिक बन्द

सरकार-सिनेट विवाद : अमेरिकी सरकारी कार्यालय आंशिक बन्द

वासिङटन : अमेरिकी संसद् र राष्ट्रपति डोनाल्ड ट्रम्पबीच मेक्सिको सिमानामा पर्खाल निर्माणका लागि बजेटमा देखिएको गतिरोध समाधान नभएपछि अमेरिकाका सरकारी कार्यालय बन्द हुनुका साथै सरकारी कामकाज आंशिक ठप्प भएका छन् ।

बजेटमा रहेको असहमति अन्त्य गर्न अमेरिकी सिनेटरहरूबीच भएको छलफल निष्कर्षविहीन भएपछि सरकारी काम आंशिक रूपमा प्रभावित भएका हुन् । यसअघि उक्त विवाद सल्ट्याउन क्यापिटल हिलमा ह्वाइट हाउसका अधिकारी र अमेरिकी कांग्रेसका दुवै दलका नेताहरूबीच वार्ता भएको थियो ।

 ‘राष्ट्रपति ट्रम्पले भावावेशमा आएर सरकारी कार्यालयलाई प्रभावित पार्ने गरी निर्णय लिन रिपब्लिकन सिनेटर (सांसद)लाई विश्वस्त पार्नुभएको छ’, वरिष्ठ प्रतिपक्षी डेमोक्र्याट सिनेटर चक स्कुमर तथा उनका संसदीय समकक्षी नान्सी पेलोसीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सरकारी कामकाज सञ्चालनका लागि विभिन्न कार्यालयलाई दिइने कोषबाट सिमानामा बनाउने भनिएको पर्खालका लागि छुट्याइनुपर्नेमा जोड दिएपछि समस्या भएको हो । ट्रम्पले चुनावी अभियानका बेला मेक्सिकोसँगको सीमाक्षेत्रमा गैरकानुनी रूपमा आप्रवासीको प्रवेश रोक्न पर्खाल बनाउने वाचा गरेका थिए । त्यसको काम अहिलेसम्म शुरु हुन सकेको छैन । ट्रम्पले आफ्नो चुनावी वाचा पूरा गर्नका लागि सरकारी खर्चको कोषबाट रकम जुटाउन खोजेका हुन् ।

यसमा सिनेट तथा हाउसका सदस्य खुशी छैनन् । नयाँ सहमति नभएसम्म अमेरिकी सरकारका एक चौथाइ संघीय कार्यालयको दैनिक कार्यसञ्चालका लागि चाहिने रकम अभाव देखिएको छ । यसका कारण डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्युरिटी, यातायात, कृषि, विदेश र कानुन मन्त्रालयअन्तर्गतका कार्यालयको काम बन्द भएको छ । 

अन्तिम प्रयासस्वरूप भएका वार्तामा कुरा नमिलेपछि ती कार्यालयहरू स्थानीय समयअनुसार राति १२ः०१ बजेदेखि बन्द भएका छन् । खर्च अभावमा राष्ट्रिय निकुञ्ज तथा जंगलसँग सम्बन्धित कार्यालयका काम पनि रोकिएका छन् । सन् २०१८ मा सरकारी कार्यालयमा बजेट अभावका कारण आंशिक रूपमा काम रोकिएको घटना यो पहिलो भने होइन । यसै वर्षमा अमेरिकी सरकारी कार्यालयमा कामकाज ठप्प भएको यो तेस्रोपटक हो ।

यसबाट हजारौँ कर्मचारी प्रभावित भएका छन् । करिब ८ लाख सरकारी कर्मचारीलाई बिदा दिइएको छ । अमेरिकी अन्तरिक्ष अनुसन्धान संस्था (नासा)का अधिकांश कर्मचारीलाई बिदा दिइएको छ । वाणिज्य, गृह, न्याय, कृषि र विदेश मन्त्रालयका कर्मचारीलाई पनि बिदा बस्न भनिएको छ ।

बुधबार अन्तरिम खर्चसम्बन्धी विधेयक पारित भएको थियो र त्यसमा आथामी फेब्रुअरी ८ सम्म खुला राख्न भनिएको थियो तर त्यसमा राष्ट्रपति ट्रम्पले भनेजस्तो सीमा पर्खालका लागि रकम छुट्याइएको छैन । ट्रम्पले पर्खालका लागि ५ अर्ब ७० करोड अमेरिकी डलर छुट्याउनुपर्ने बताउँदै आएका छन् ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.