नेताका प्रश्नको जवाफ दिँदै ओली-प्रचण्ड

नेताका प्रश्नको जवाफ दिँदै ओली-प्रचण्ड

काठमाडौं : नेकपा स्थायी समितिको आइतबारको बैठकमा नेताहरूले उठाएका प्रश्नको जवाफ अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले दिने भएका छन्।

बिहानको बैठकमा प्रतिवेदनमाथि धारणा राख्न बाँकी रहेका स्थायी समिति सदस्य परराष्ट्रमन्त्री प्रदीप ज्ञावालीले  आफ्नो धारणा राखेका छन्। उनले अध्यक्षद्वयको प्रतिवेदनमा समर्थन जनाउँदै सरकारले प्रभावकारी काम गरिरहेकोमा जोड दिए।अन्तराष्ट्रीय सम्बन्ध स्थापित गर्न सरकार सफल रहेको उनले बताए।

त्यसपछि बैठकमा विवादास्पद संस्था युनिभर्सल पिस फेडेरेसनको मंसिर १४ देखि १७ सम्म काठमाडौंमा सम्पन्न एसिया प्यासेफिक समिट २०१८ का बारेमा नेताहरुले गरेको आलोचनाको वरिष्ठ नेता माधव नेपालले जवाफ दिए।

त्यसक्रममा नेपालले कार्यक्रम कुनै गलत मनसायबाट प्रेरित भएर गरेको नभई अन्तराष्ट्रिय सम्बन्ध स्थापित गर्नका लागि गरेको दावी गरे। उनले धर्मनिरपेक्षता प्रतिको मान्यता र दृष्टिकोणप्रति आफू प्रतिवद्ध रहेको बताए। 

अइक्याम्पको तर्फबाट सहआयोजकको हैसियतामा आफूले बैठकको अध्यक्षता गरेको उनले प्रष्ट पारे। सरकारले नै अह्राएको  र दिएको जिम्मेवारी आफूले पूरा गरेकोले आफूलाई मात्र आरोपित गर्न खोज्ने काम गलत भएको उनले बताए।उनले भने,' कृष्णप्रसाद भटटराईको पालादेखि नै यस्ता कार्यक्रममा सहभागिता हुँदै आएको मा अहिले आएर मलाई मात्र विवादित वनाउन खोज्नु गलत छ।'

प्रवक्ता नारायाणकाजी श्रेष्ठले प्रतिवेदनमाथि नेताहरुले बोल्ने क्रम सकिएको र आजै ४ बजे पुन: स्थायी समितिको बैठक बस्नेछ। बैठकमा अध्यक्षद्वयले उठेका प्रश्नहरुको प्रत्युत्तर, स्पष्टिकरण वा भनाई राख्ने कार्यकालिका रहेको उनले बताए।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.