कर्मचारीको आन्दोलनले धरान उपमहानगरको काम प्रभावित

कर्मचारीको आन्दोलनले धरान उपमहानगरको काम प्रभावित

धरान : सरकारले कर्मचारी समायोजनसम्बन्धी ल्याएको अध्यादेश विरुद्ध धरान उपमहानगरपालिकाका कर्मचारी काम छाडेर आन्दोलनमा उत्रिएपछि सेवा प्रभावित भएको छ। मंगलबारदेखि काम छाडेर आन्दोलनमा उत्रिएका उपमहानगरका कर्मचारीले बुधबार ४ घण्टा पेन डाउन गरेपछि सेवा लिन उपमहानगरपालिका आएका सेवाग्राही रित्तो हात घर फर्किएका छन्। 

धरान उपमहानगरपालिकाका २० वटै वडा र उपमहानगरपालिकाका सबै कर्मचारीले बुधबार १० बजेदेखि २ बजेसम्म उपमहानगरपालिकामा धर्ना दिएर काम बहिष्कार गरेका हुन्। कर्मचारी आन्दोलनका कारण वडा उपमहानगरपालिकामा नाकरिकताको सिफारिस, जन्म दर्ता, मृत्यु दर्ता, घरजग्गा बिक्री सिफारिस, घर नक्सा पासलगायतका काम गर्न कार्यालय गएका सर्वसाधारण कर्मचारीले काम गर्न नमानेपछि रित्तो हात घर फर्केका छन्।

धरान उपमहानगरपालिकाका २० वटै वडाका सचिव, अन्य कर्मचारी र सामाजिक परिचालक समेत कार्यालय छाडेर उपमहानगरपालिकामा धर्नामा सहभागी भएका छन्। धरान १४ का प्रभाव खतिवडाले कर्मचारी आन्दोलनका कारण नगरपालिकाबाट लिने सेवा नपाएको गुणासो गरे।

उनले कर्मचारीलाई नियमित काममा फर्काएर सर्वसाधारणका काम सूचारु गर्न सरकारलाई सुझाव दिएका छन्। सरकारले कर्मचारी समायोजनसम्बन्धी अध्यादेश ल्याएर दशौं वर्ष अस्थायी र करारमा काम गर्दै आएका कर्मचारीलाई विस्तापित गर्न खोजिएको भन्दै सरकार विरुद्ध आन्दोलनमा उत्रिनुपरेको कर्मचारी आन्दोलन संर्घष समितका सहसंयोजक गणेशप्रसाद खतिवडाले बताए।

उनले स्थानीय निकायका कर्मचारीलाई विस्थापित गरी सेवाबाट अवकास गर्ने सरकारको नीति विरद्ध अझ कडा आन्दोलन गर्ने चेतावनी दिएका छन्। धरान उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विनोद पोखरेलले कर्मचारीका माग स्थानीयस्थरबाट समाधान गर्न नसकिने भएको बताएका छन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.