बार्सिलोनालाई तीन अंकको अग्रता
बार्सिलोना : स्पेनिस ला लिगा तालिकामा बार्सिलोनाले आफ्नो निकट्तम प्रतिद्वन्द्वीसँग पुनः अंकको अग्रता लिएको छ । बार्सिलोनाले शनिबार राति घरेलु मैदानमा खेलिएको खेलमा सेल्टा भिगोमाथि २—० गोलको जित हासिल ग¥यो । बार्सिलोनाले दुवै गोल खेलको पहिलो हाफमै गरेको थियो । खेल सुरु भएको १०औं मिनेटमै ओसमेन डेम्बेलले बार्सिलोनालाई अग्रता दिलाएका थिए ।
पहिलो हाफको खेल सकिनुभन्दा ठीकअघि अर्जेन्टिनी स्टार लियोनल मेसीले टोलीको अग्रतालाई दोब्बर बनाएका थिए । जितसँगै बार्सिलोनाले १७ खेलबाट ३७ अंक बटुलेको छ । जारी सिजनको लिगमा बार्सिलोनाले ११ खेलमा जित हात पारेको छ भने चार खेल बराबरीमा टुंग्याएको छ । दुई खेलमा भने बार्सिलोनाले पराजय भोगेको छ ।
समान खेलबाट ३४ अंक जोडेको एट्लेटिको म्याड्रिड तालिकाको दोस्रो स्थानमा छ । एट्लेटिको म्याड्रिडले शनिबार राति घरेलु मैदानमै खेलिएको खेलमा स्पान्योललाई १—० गोलले हराएको थियो । खेलको ५६औं मिनेटमा बार्सिलोनाका लागि एन्टोइन ग्रिजम्यानले पेनाल्टीमार्फत निर्णायक गोल गरेका थिए । एट्लेटिको म्याड्रिडले कुनै पनि गोल नखाई हात पारेको यो लगातार चौथो जित हो ।
लिगतालिकामा १६ खेलबाट ३१ अंक कमाएको सेभिल तेस्रो स्थानमा आसीन छ । समान खेलबाट २९ अंक हात पारेको रियल म्याड्रिड भने चौथो स्थानमा छ । यो सिजन घरेलु लिगमा रियल म्याड्रिडले गतिलो प्रदर्शन गर्न सकिरहेको छैन । १७ खेल सकेको सेल्टा भिगो २१ अंकसहित तालिकाको १०औं स्थानमा छ । अर्को खेलमा एथलेटिक बिल्बाओले घरेलु मैदानमा रियल भालाडोलिडलाई १—१ गोलको बराबरीमा रोक्यो ।