अल्पसंख्यकबारे भारत-पाकिस्तान जुहारी

अल्पसंख्यकबारे भारत-पाकिस्तान जुहारी

अल्पसंख्यकसँग गरिने व्यवहार भारतले सिकोस् : इमरान खान

लाहोर : पाकिस्तानी प्रधानमन्त्री इमरान खानले भारत सरकारले अल्पसंख्यक गर्नुपर्ने व्यवहार सिकाउने बताएका छन्। पाकिस्तानी प्रधानमन्त्री खानले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीप्रति लक्षित गरी यस्तो धारणा व्यक्त गरेका हुन्।

बलिवुड अभिनेता नसीरुद्दीन शाहले भारत असुरक्षित भएको बताएलगत्तै खानको यस्तो भनाइ आएको हो। नसीरुद्दीन शाहले आफ्ना सन्तानलाई कुनै दिन भीडले हत्या गर्ने त्रास भएको बताएका थिए। उनले भारतमा मुस्लिम असुरक्षित रहेको भन्दै चिन्तित भएको बताएका थिए।

इमरान खानले पञ्जाब सरकारको १ सय दिनको उपलब्धिबारे चर्चा गर्दै लाहोरमा आयोजित एक कार्यक्रममा भारतप्रति कटाक्ष गरेका हुन्। कार्यक्रममा इमरानले आफ्नो सरकारले धार्मिक अल्पसंख्यकको सुरक्षा सुनिश्चित गर्न कदम चाल्ने पनि दाबी गरे। उनले पाकिस्तानमा धार्मिक अल्पसंख्यकलाई उचित अधिकार दिइने पनि बताए। पाकिस्तानका संस्थापक मोहम्मद अली जिन्नाको दृष्टिकोण पनि अल्पसंख्यकप्रति उदार रहेको खानको भनाइ छ।

आफ्नो सरकारले धार्मिक अल्पसंख्यकले सुरक्षित र संरक्षित महसुस गराउने स्पष्ट पारे। उनले नयाँ पाकिस्तानमा सबैलाई समान अधिकार हुने पनि चर्चा गरे। उनले भारतीय कलाकार नसीरूद्दीन शाहको भनाइ उद्धृत गर्दै भने, ‘सरकारले अल्पसंख्यकसँग कस्तो व्यवहार गर्नुपर्छ भन्ने हामी मोदी सरकारलाई देखाउन चाहन्छौं।

 भारतमा अल्पसंख्यकसँग नागरिकमाथि समान व्यवहार हुँदैन।’ पाकिस्तानी प्रधानमन्त्री खानले कमजोरलाई न्याय नदिए विद्रोह उत्पन्न हुने बताए। उनले पूर्वी पाकिस्तान (हाल बंगलादेश)का नागरिकलाई अधिकार नदिएकै कारण बंगलादेश बन्न बन्न पुगेको स्वीकार गरे।

पाकिस्तानमा अल्पसंख्यकमाथि अत्याचार : भारत

नयाँदिल्ली : पाकिस्तान सरकारले अल्पसंख्यकमाथि अत्याचार गर्ने गरेको भारतीय मन्त्रीले बताएका छन्। पाकिस्तानी प्रधानमन्त्री इमरान खानको आरोपलगत्तै भारतका अल्पसंख्यक मामला मन्त्री मुख्तार अब्बास नकवीले यस्तो धारणा व्यक्त गरेका हुन्।

मन्त्री नकवीले पाकिस्तान अल्पसंख्यकमाथि अत्याचार गर्ने देश भएको बताए। पाकिस्तानमा सन् १९४७ देखि अल्पसंख्यमाथि अत्याचार भइरहेको उनको कथन छ। मन्त्री नकवीले इमरानप्रति लक्षित गर्दै सय मुसा खाएर हज गर्न गएको नमुना पाकिस्तान भएको भन्दै आलोचना गरे। नकवीले सन् १९४७ मा पाकिस्तान बनेपछि हिन्दु, शिख र ईसाईको जनसंख्या ९० प्रतिशतले घटेको बताए। पाक सरकारले इस्लामी कट्टरपन्थीसँग मिलेर उनीहरूलाई अत्याचार गरेको स्मरण गराए। पाकिस्तानमा अल्पसंख्यकको हत्या गरिने गरेको र धर्म परिवर्तन गराउन बाध्य पारिएको चर्चा गरे। पाकिस्तानी अल्पसंख्यक देश छोड्न बाध्य भएको नकवीको भनाइ छ। पाकिस्तानमा धार्मिक अल्पसंख्यक दुईदेखि तीन प्रतिशत भएको चर्चा गरे। स्वतन्त्रतापछि भारत र पाकिस्तानमा जनसंख्या अनुपात र स्वतन्त्रताको तुलना गर्न पनि उनले आग्रह गरे। नकवीले भारतमा यूसुफ खान (दिलीप कुमार), आमिर खान, सलमान खान र शाहरुख खान जस्ता कैयौं भारतीय कलाकार भएको जिकिर गरे।

उनले भने, ‘क्या इमरान खानले अल्पसंख्यक समुदायबाट आएका पाकिस्तानी कलाकारको नाम भन्न सक्छन् ? ’

भारतमा निर्वाचनपूर्व अल्पसंख्यक सुरक्षित नभएको जस्ता भनाइ कलाकारले सार्वजनिक गर्ने गरेका छन्। केही लेखकहरूले पुरस्कार फिर्ता अभियान पनि चलाउँदै आएका छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.