अमेरिकी चाह  : ‘नेपालले सार्क र बिम्स्टेकमा भूमिका खेलोस्’

अमेरिकी चाह  : ‘नेपालले सार्क र बिम्स्टेकमा भूमिका खेलोस्’

काठमाडौं : अमेरिकाले सार्कको निष्क्रियता र बिम्स्टेकको सक्रियताप्रति चासो देखाएको छ। सार्कको १९ औं शिखर सम्मेलन हुन सकेको छैन। भर्खरै बिम्स्टेक सम्मेलन सम्पन्न भएको छ। दुईवर्ष अघि नै पाकिस्तानमा हुनुपर्ने शिखर सम्मेलन भारत र पाक तनावले हुनसकेको छैन। भारतमाथि बिम्स्टेकतर्फ ढल्कँदै गएको आरोप लागेको छ। नेपाल सार्कको वर्तमान अध्यक्ष हो भने बिम्स्टेकको निवर्तमान अध्यक्ष।

अमेरिकामा गत साता भएको परराष्ट्र मन्त्री स्तरीय औपचारिक वार्तामा अमेरिकाले नेपालसमक्ष यस्तो चासो ब्यक्त गरेको हो। अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले सार्कको निष्क्रियता र बिम्स्टेकको सक्रियता कस्तो प्रकारको हो भन्दै नेपाली प्रतिनिधिमण्डलसँग जिज्ञासा राखेको थियो। ‘सार्कलाई कसरी सक्रिय बनाउन सकिन्छ।

हामीले कस्तो सहयोग गर्न आवश्यक छ भन्दै अमेरिकाले यो क्षेत्रमा नेपाललाई भूमिका खेल्न सक्ने बताएको हो’, परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले आइतबार अमेरिकी भ्रमणबारे मन्त्रालयमा जानकारी दिँदै भने, ‘सार्क र बिम्स्टेकको बारे अमेरिकाले चासो राखेको हो। यो क्षेत्रमा नेपालले भूमिका खेल्न सक्छ भन्ने धारणा उनीहरूको छ।’

रणनीतिक नभै क्षेत्रीय सहकार्य

इन्डो प्यासिफिक रणनीतिक सहकार्य नभै यो क्षेत्रमा नेपालले निर्वाह गर्न सक्ने भूमिका बारेमा अमेरिकी चासो रहेको ज्ञवालीले बताए। ‘हामी सार्कको अध्यक्ष तथा पुरानो मित्र राष्ट्र भन्दै अमेरिकाले यो क्षेत्रको शान्ति र विकासका लागि नेपालले भूमिका निर्वाह गर्नसक्ने धारणा राखेको हो’, मन्त्री ज्ञवालीले भने, ‘क्षेत्र र रणनीति भन्ने विषय फरक हुन्। हाम्रा विद्वानले यो विषय बुझ्न जरुरी छ। म त धेरै अंग्रेजी नजान्ने ब्यक्ति मैले नबुझेको हो कि ? ’

अमेरिकी विदेशमन्त्री माइक पम्पेओले नेपालले यस क्षेत्रमा भूमिका निर्वाह गर्नसक्ने प्रस्ताव राख्दा नेपालले क्षेत्रीय वा विश्वव्यापी कुनै महत्वकांक्षा नराखेको र आन्तरिक विकास÷समृद्धिमा ध्यान दिएको ज्ञवालीले जनाए।

‘नेपालमा स्थायी सरकार आएको र अव हामीलाई समृद्धिको लागि सहयोग र साथ चाहिन्छ। नेपालको सबै मित्र रहेको र कसैसँग पनि शत्रुभाव रहँदैन,’ मन्त्री ज्ञवालीले भने।

अमेरिकी विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा ‘स्वतन्त्र, खुला र समृद्धि इन्डो प्यासिफिक’ सहित उत्तर कोरिया बारेमा छलफल भएको उल्लेख छ। उनले उत्तरकोरियको मात्र नभएर कोरियाली प्रायद्विपको समस्या शान्तिपूर्ण समाधान भएको हेर्न चाहेको नेपाली धारणा आफूले राखेको बताए।

अमेरिकासँग सहयोगको अपेक्षा

अमेरिकी विदेशमन्त्री पोम्पेओले नेपालको राजनीतिक प्रगति र स्थायित्वको प्रशंसा गर्दै समृद्धिका लागि सहयोग गर्ने बताएको ज्ञवालीले जानकारी दिए। अमेरिकाले नेपाललाई उपलब्ध गराएको मिलेनियम च्यालेन्ज कर्पोरेसनमार्फत् दिएको पचास अर्बभन्दा बढी सहयोगले यतिबेला अमेरिका नेपालको दुईपक्षीय ठूलो दाता बनेको छ।

अमेरिकाले नेपाललाई दिने भनेको हवाई सहयोगबारेमा भने उनले केही बताउन चाहेनन्। यद्यपी उनले अमेरिकी रक्षा अधिकारीसँग दुईपक्षीय सहयोग बारेमा छलफल गरेका थिए।

पराष्ट्रमन्त्री भेट्न सेनापति सिंहदरबारमा

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँग प्रधानसेनापति पूर्णचन्द्र थापाले आइतबार परराष्ट्र मन्त्रालयमा भेट गरेका छन्। प्रधानसेनापति थापाले परराष्ट्र मन्त्री ज्ञवालीसँग उनको अमेरिकामा भ्रमणमा भएका विषय बारे जिज्ञासा राखेका थिए। परराष्ट्रमन्त्री–प्रधानसेनापति बीच भारत भ्रमणबारे पनि छलफल भएको थियो।

मन्त्री ज्ञवालीले काभ्रेको पाँचखालस्थित वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रलाई विश्वका उत्कृष्ट तालिम केन्द्रको रुपमा विकास गराउन सहयोग मागेको अवगत गराएका थिए।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.