पूर्व–पश्चिम राजमार्ग स्तरोन्‍नति हुँदै

पूर्व–पश्चिम राजमार्ग स्तरोन्‍नति हुँदै

काठमाडौं : पूर्व–पश्चिम राजमार्गको करिब चार सय ९३ किलोमिटर सडक चार लेनमा विस्तार गरिने भएको छ। सडक विभाग अन्तर्गतको आयोजना निर्देशनालयले सडकलाई ६ खण्डमा विभाजन गरी विस्तार गर्न लागेको हो। नारायणगढ–बुटवल खण्ड ठेक्का लाग्ने प्रक्रियामा छ। पूर्व–पश्चिम राजमार्ग एक हजार २८ किलोमिटर लामो छ। त्यसमध्ये केही खण्ड विस्तार गर्न लागिएको हो। सडक पूर्वको काँकडभिट्टादेखि पश्चिमको भिमदत्त नगरपालिकासम्म फैलिएको छ। सडकले तराईका २१ जिल्ला र पहाडी दुई जिल्ला छोएको छ।

यो खण्डको दुवै प्याकेज चीनको चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले न्यून रकम कबुल गरेकाले निर्देशनालयले ठेक्का सम्झौता गर्न पत्र पठाइसकेको छ। कर्पोरेसनले नारायणगढ–दाउन्ने सडकखण्ड स्तरोन्नति गर्न भ्याटसहित नौ अर्ब १३ करोड १८ लाख ९५ हजार रुपैयाँ र दाउन्ने–बुटबल सडकखण्डका लागि सात अर्ब ८६ करोड ३४ लाख रुपैयाँ कबुल गरेको हो। ‘पुस महिनाभित्रमा न्यून अंक रकम कबुल गर्ने कम्पनीसँग ठेक्का सम्झौता हुन्छ।

निर्माण क्षेत्रमा कर्मचारी र उपकरण पुर्‍याउन ठेकेदारलाई समय चाहिन्छ’, प्रधानले भने, ‘चैतभित्रमा निर्माणको जिम्मा पाउने कम्पनीले काम सुरु गर्छ।’ नारायणगढ–बुटवल सडकखण्ड एक सय १३ किलोमिटर लामो छ। यसलाई नारायणगढ–दाउन्ने ६५ किलोमिटर र दाउन्ने–बुटवल ४८ किलोमिटरको प्याकेजमा विभाजन गरिएको छ। यो सडक विस्तार गर्न एसियाली विकास बैंकले १७ करोड ५० लाख अमेरिकी डलर उपलब्ध गराएको छ।

यो नेपालको प्रमुख यातायात सडक हो। बढ्दो सवारीसँगै सडक आसपासका क्षेत्रमा सवारी दुर्घटना बढ्दो छ। २०१९ सालमा निर्माण गरिएको सडक मर्मत सम्भार नहुँदा जीर्ण हुँदै गएको छ। यसले सवारीको इन्धन र पाटपूर्जाको लागत बढाइरहेको विज्ञको भनाइ छ। राजमार्गलाई एसियाली राजमार्ग कै स्तरमा विस्तार गर्न लागिएको हो।

पूर्व–पश्चिम राजमार्ग एक हजार २८ किलोमिटर लामो छ। त्यसमध्ये केही खण्ड विस्तार गर्न लागिएको हो।

कञ्चनपुर–कमला सडकखण्ड ८६ किलोमिटर लामो छ। यी दुवै सडकखण्डलाई दुईवटा प्याकेजमा विभाजन गरी विस्तार गर्न खोजिएको छ। कञ्चनपुर–कुशाह खण्डको ४० किलोमिटर र कुशाह–कमला खण्डको ४७ किलोमिटर लामो छ। सडक विस्तारका लागि निर्देशनालयले बोलपत्र माग गरिसकेको छ। उक्त खण्डको दुवै प्याकेजमा १४/१४ कम्पनीको प्रस्ताव परेको छ। आवेदक कम्पनी सबै चीनका हुन्। स्वदेशी निर्माण व्यवसायीको क्षमताभन्दा माथिको सर्त बोलपत्रमा समावेश गरिएको आरोपमा यस विषयको मुद्दा अदालतमा छ। यो ठेक्का प्रक्रिया अन्योलमा छ। अदालतको फैलसापछि मात्र ठेक्का प्रक्रिया अघि बढ्नेछ। यसका एक सय ८० मिलियन अमेरिकी डलर एडीबीले ऋण सहयोग उपलब्ध गराएको छ। एडीबीले ३२ वर्षका लागि १.५ प्रतिशत ब्याजमा ऋण उपलब्ध गराएको हो।

यी दुई सडक ठेकेदार कम्पनीले निर्माण सुरु गरेको साढे तीन वर्षभित्रमा सम्पन्न गर्नुपर्छ। यो अयोजना कार्यदक्षतामा आधारित मर्मत ठेक्का निर्माण गर्न लागिएको हो। सडक निर्माण गर्ने कम्पनीले नै पाँच वर्षसम्म सडक मर्मतसम्भारको जिम्मा लिनुपर्छ। त्यसरी काम गर्दा मर्मत सम्भारको खर्च १५देखि २० प्रतिशत घट्ने निर्देशनालयले जानकारी दिएको छ।

यस्तै निर्देशनालयले लौकी–कञ्चनपुर सडकखण्ड पनि विस्तार गर्ने प्रक्रिय अघि बढाएको छ। लौकी–कञ्चनपुर ३८ किलोमिटर लामो छ। उक्त खण्डको पूर्व सम्भाव्यता अध्ययन र विस्तृत सम्भाव्यता अध्ययन (डीपीआर) निर्माण गर्न परामर्शदाता छनोट गरिसकिएको निर्देशनालयले जानकारी दिएको छ। साथै, काँकडभित्ता–लौकी १२० किलोमिटर, कमला–डलकेबहर ३० किलोमिटर, पथलैयाँ–नारायणगढ १०६ किलोमिटर लामो छ।

यी सडकखण्ड विस्तार गर्न निर्देशनालयले पूर्वसम्भाव्यता अध्ययन र डीपीआर निर्माण गर्न प्रस्ताव माग गरिसकेको छ। यी सडक विस्तार गर्न एडीबीसँग ऋण सम्झौता भइसकेको छैन। पूर्व–पश्चिम राजमार्ग विस्तार गर्न एडीबीले ऋण उपलब्ध गराउने सरकारको अपेक्षा छ। एडीबीको सहकार्यमै डीपीआर निर्माण भइरहेको छ। एडीबीले उपलब्ध गराउने ऋणका आधारमा सडक विस्तार अघि बढ्छ।


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.