कालिकोट आगलागी पीडितलाई प्रदेश सरकारको राहत घोषणा

कालिकोट आगलागी पीडितलाई प्रदेश सरकारको राहत घोषणा

सुर्खेतः  कर्णाली प्रदेश सरकारले आगलागी पीडितलाई राहत उपलब्ध गराउने भएको छ।कालिकोट पलाँता गाउँपालिकामा आइतबार रातिदेखि आगलागी भएको छ। प्रदेश सरकारले आगलागी पीडितलाई तत्काल राहत उपलब्ध गराउने निर्णय गरेको छ। गाउँपालिकाको वडा नम्बर १ खाडान्यौपाने वडामा आगलागीबाट पूर्णरुपमा घर जलेपछि प्रदेश सरकारको मुख्यमन्त्रीस्तरीय बैठक बसी रात उपलब्ध गराउने निर्णय गरेको हो।

मुख्यमन्त्रीको निर्देशनमा आन्तरिक मामिला तथा कानुन मन्त्रालयबाट तत्कालिन राहतस्वरुप प्रति घरधुरी २० हजार नगद, आवश्यक लत्ताकपडा र खाद्यान्न उपलब्ध गराउने निर्णय भएको मुख्यमन्त्री कार्यालयले जानकारी दिएको छ। 

मुख्यन्त्री महेन्द्रबहादुर शाहीले आगलागीबाट घाइते भएकाको उपचारमा कमी हुन नदिन सम्बन्धित निकायलाई निर्देशन समेत दिएका छन्। मुख्यमन्त्री शाहीले उक्त क्षेत्रका आगलागी पीडितलाई थप राहात र पुनस्र्थापनाको सहयोगका लागि नेपाल सरकार, गृहमन्त्रालय, रेडक्रस तथा अन्य सहयोगी संस्थालाई आग्रह गरेका छन्।

मुख्यमन्त्री शाहीले पीडित समुदायको दुःखसँगै प्रदेश सरकार रहेको र थप राहात तथा पुर्नस्थापनाका लागि सक्दो प्रयास गर्ने बताएका छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.