मासु पसलमा अनुगमन, ६७ केजी सडेको मासु बरामत

मासु पसलमा अनुगमन, ६७ केजी सडेको मासु बरामत

मन्थली : रामेछाप जिल्लाको सदरमुकाम मन्थलीमा सञ्चालित मासु पसलहरुमा सडेको मासु बिक्री गरिएको पाइएको छ। जिल्ला प्रशासन कार्यालय रामेछापबाट खटिएको बजार अनुगमन टोलीले मन्थलीमा सञ्चालित मासु पसलको अनुगमन गर्ने क्रममा सोमबार ६७ केजी खान अयोग्य मासु भेटे पछि यो रहस्य खुलेको हो।

अनुगमन टोलीले मन्थलीमा रहेको जुनेश मासु पसलबाट ४६ केसी सेडेको कुखुराको मासु र ९ केजी सडेको ससेज बरामत गरेको छ। त्यसैगरी न्यू फेमल मिट सपबाटे १० केजी राँगाको सडेका मासु र मन्थली मासु पसलबाट कुखुराकोे २ केजी सडेका मासु बरामत गरिएको सहायक प्रमुख जिल्ला अधिकारी रामप्रसाद भट्टराईले जानकारी दिए। उनले भने, ‘नियम विपरित काम गर्ने व्यवसायी जो कोहिलाई पनि कारबाहि हुन्छ।’

सहायक प्रमुख जिल्ला अधिकारी भट्टराईको नेत्रित्वमा गएको बजार अनुगमन टोलीले सडेको मासु बिक्रीको लागि राख्ने जुनेश मासु पसललाई तत्काल २ हजार र न्यू फेमस मिट सपलाई ५ हजार रुपैयाँ जरिवाना तिराएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.