भारतमा नेपाललाई २० स्वर्ण पदक

भारतमा नेपाललाई २० स्वर्ण पदक

काठमाडौं : भारतको मुम्बईमा सम्पन्न एसिया कप चौथो अन्तर्राष्ट्रिय कराँते च्याम्पियनसिपमा नेपाल २० स्वर्ण र दुई कांस्य पदक जित्दै टिम च्याम्पियन बनेको छ। पुस ७ र ८ गते भएको प्रतियोगितामा नेपाल खेलकुद विज्ञान प्रतिष्ठान (सान) बाट सहभागी खेलाडीले काता र कुमुतेमा पदक जितको प्रतिष्ठानमा निर्देशक नवीन उप्रेतीले जानकारी दिए।

सानले जुनियर खेलाडीलाई अन्तर्राष्ट्रिय प्रतियोगितामा अनुभव दिलाउने उद्देश्यले सहभागी गराएको हो। प्रतियोगितामा स्वर्णिम मानन्धरले तीन स्वर्ण जिते। उनले ४५ केजी तौलसमूहको कुमुते, जुनियर काता र सियिर दुवैतर्फ कातामा स्वर्ण जितेका थिए। सञ्जु देशारले ३५ केजी कुमुते र यू-१३ काता गरी दुई स्वर्ण, मुना शाक्यले ४० केजी कुमुते र यू-१४ काता दुवैमा स्वर्ण हात पारे।

दुई स्वर्ण जित्नेमा अश्मिता राई रश्मी पाण्डे, विमला नेपाली र ऋषभराज गिरी रहेका छन्। अस्मिताले ५५ केजी कुमुते र यू-१५, रश्मीले ४५ केजी कुमुते र यू -१६ काता, विमलाले सिनियर ४५ केजी कुमुते र सिनियर काता तथा ऋषभले यू-१६ ५५ केजी कुमुते र कातामा स्वर्ण जिते। सूर्यविक्रम भण्डारी र राजकुमार       श्रेष्ठले एक स्वर्ण र एक रजत हात पारे। सूर्यले यू-१५ केजी कुमुतेमा स्वर्ण र कातामा रजत जिते। राजकुमारले सिनियर ६७ केजीतौलको कुमुतेमा स्वर्ण र खुला कातामा रजत जितेका थिए।

यसैगरी सिनियरतर्फ अंकित गुरुङले ५० केजी, सुविना खत्रीले ५५ केजी र अनिश लामाले ६० केजी कुमुतेमा स्वर्ण जितेका थिए। सानले २०७२, २०७३ र २०७४ सालको राष्ट्रपति रनिङ सिल्डमा स्वर्ण जितेका खेलाडीको खेलस्तर विकासका लागि यस प्रतियोगितामा सहभागी गराएको हो।

हात पार्ने खेलाडीहरूको क्षमता अभिवृद्धि गर्ने र अन्तर्राष्ट्रिय स्तरमा नतिजामूलक उपलब्धि हासिल गर्ने उद्देश्यले अन्तर्राष्ट्रिय प्रतियोगितामा अनुभव दिलाउने उद्देश्यले पहिलो पटक कराँते खेलाडीहरूलाई मुम्बईमा आयोजना भएको प्रतियोगितामा सहभागिता गराएको हो। नेपालबाट कराँते प्रशिक्षक तुलसीकुमार महर्जन र रामकृष्ण खड्गी, निर्णायकमा रवीन्द्र मानन्धर, उमेश गुरुङ र सचिन चौलागाईं सहभागी थिए। टोलीको अफिसियलमा विकासविक्रम शाह थिए।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.